Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.50/5.00)
Text size:-
+
-

नेपाली फिल्म ‘पासवर्ड’ गीतमा सन्नीको बोल्ड ठुम्का (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/06/13
दुई करोड भारतीय रुपैयाँ बुझेर बलिउड अभिनेत्री सन्नी लियोनीले नृत्य गरेको नेपाली फिल्म ‘पासवर्ड’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘मेरो नाम सन्नी’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गायिका दुर्गा खरेलको स्वर रहेको गीतमा विक्रम जोशीको शब्द लेखन छ । गीतको भिडियोमा सन्नीले बोल्ड ठुम्का लगाएकी छन् । 
 
 
बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा सन्नीलाई दुई सयभन्दा बढी डान्सरले साथ दिएका छन् । गीतको कोरियोग्राफी विष्णु देभाले गरेका हुन्, जो बलिउडका प्रख्यात डान्स कोरियोग्राफर हुन् । उनले सलमान खान, शाहरुख खानलाई नचाइसकेका छन् । गीतको मिडियोमा मेकिङ गजबकै देखिन्छ । 
 
गीतमा सन्नीसँग फिल्मका लिड अभिनेता बिक्रम जोशी (विक्की) ले पनि नृत्य गरेका छन् । अभिनेता अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङलाई पनि गीतमा देख्न सकिन्छ । ‘पासवर्ड’ को कथा र स्कृनप्लेको माग अनुरुप नै सन्नीलाई गीतमा नृत्य गराइएको निर्देशक सम्राट बस्नेतले बताए । उनले यो फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । 
 
फिल्म एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्ममा अभिनेता अनुप विक्रम शाही नेगेटिभ रोलमा छन् । यसलाई हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्माता अंकित गौतम हुन् । फिल्ममा सौरभ लामाको छायांकन छ । रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनारलगायतको पनि फिल्ममा अभिनय छ । 
 
फिल्म ‘पासवर्ड’ भाद्र २७ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)