Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेममा छन् ‘आप्पा’ जोडी ?

फिल्मीखबर, काठमाण्डौ, 2019/06/13
अनस्क्रिन रोमान्स गरेको जोडी रियल लाइफ कपल भएका उदाहरणहरु धेरै छन् । फिल्मको सेटबाट प्रायःको प्रेमको पालुवा पलाएको हुन्छ । आयुष्मान देशराज जोशी र प्रियंका कार्की एक उदाहरण हुन् । हुनत, कोही कसैको प्रेममा पर्नु वा रहनु नौलो होइन । तर, सेलिब्रेटीको लभ लाइफ दर्शकका लागि चासोको विषय बन्ने हुँदा यसलाई मिडियाले पनि विशेष स्थान दिने गरेको छ । कति भने चर्चाका लागि पनि प्रेमको हल्ला फिजाउने गर्दछन् । 
 
दुई/चार दिनयता फिल्मवृतमा आउँदो असार १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आप्पा’ का अभिनेता-अभिनेत्री अफेयरमा रहेको गाइँगुइँ चर्चा चल्न सुरु भएको छ । सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चा यस फिल्ममा प्रेम-प्रेमिकाको भूमिकामा छन् । सिद्धान्तले अभिनेता दयाहाङ राईको छोराको भूमिका निभाएका छन् । फिल्म एक पिता र छोराको कथामा आधारित छ । फिल्मका निर्देशक अनमोल गुरुङ हुन् । 
 
 
‘आप्पा’ को प्रदर्शन मिति नजिकिँदै गर्दा सिद्धान्त र अल्लोनाको फिल्मवृतमा चलेको प्रेम चर्चालाई कतिपयले फिल्म प्रचारको फन्डाको रुपमा लिएका छन् । तर, रोचक कुरा के भने यसलाई दुबैले खण्डन पनि गर्न चाहँदैनन् । बुधवार राजधानीको एक रेस्टुराँमा कफि भेटमा भेटिएका दुईलाई बजारमा चलेको प्रेम चर्चाबारे पत्रकारले प्रश्न गरे । दुबै अक्क न वक्क भए । दुईले एकअर्काको अनुहारमा हेरे । न प्रेम स्वीकार गरे न त नकारे । 
 
सिद्धान्तले सानो स्वरमा आफूहरु मिल्ने साथी रहेको बताए । उनको मुखबाट सत्यता फुत्कने डरले अल्लोनाको अनुहार भने रातोपिरो भएको थियो । तर, उनले जवाफ फर्काइनन् । प्रेम लुकाउन साथीको नाटक त होइन ? भन्ने पत्रकारको अर्को प्रश्नमा सिद्धान्त अकमकिए । उनले यसको जवाफ अल्लोनाबाट जान्न पत्रकारलाई आग्रह गरे । अल्लोनाले पर्सनल लाइफ गोप्य नै ठिक हुने भन्दै पन्छिइन् । उनको जवाफमा सिद्धान्त हल्का मुस्कुराए । 
 
प्रेम सम्बन्धको बारेमा उनीहरुले दिएको कुटनीतिक जवाफले बजारमा चलेको चर्चालाई सत्य प्रमाणित गर्छ । फिल्म ‘आप्पा’ बाट दुईले डेब्यू गरेका हुन् । सिद्धान्त र अल्लोना फिल्मलाई लिएर निकै उत्साहित छन् । अल्लोना आफूलाई दर्शकले अभिनेत्रीको रुपमा स्वीकार गर्नेमा विश्वस्त छिन् । आफ्नो भूमिका दर्शकलाई मनपर्ने पनि उनको भनाई छ । सिद्धान्त भने फिल्मको कथाले दर्शकको मनछुने बताउँछन् । फिल्ममा तुलसी घिमिरेको पनि अभिनय छ । 
Most Visited News (monthly)