Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

घान्द्रुकमा दयाहाङसँग रोमान्टिक उपासना

फिल्मीखबर, काठमाडौं, 2019/06/12
गत वर्षको फागुनमा प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ बाट सुखद डेब्यू गरेकी अभिनेत्री उपासना सिंह ठकुरीलाई दर्शक र फिल्मकर्मीले सम्भावना बोकेकी अभिनेत्रीको रुपमा लिएका छन् । डेब्यू फिल्ममा उनको स्वभाविक अभिनय र सुन्दरताको सबैले प्रशंसा गरेका थिए । ‘क्याप्टेन’ को ‘रहर छ सँगै’ र ट्रेलर रिलिज भएपछि नै उनलाई धेरै फिल्मबाट अफर आएको थियो । 
 
 
डेब्यू फिल्मबाटै राम्रो फ्यान फलोइङ बनाएकी उनले दोस्रो फिल्मको रुपमा नामले नै दर्शकलाई हलसम्म तान्न सक्ने ल्याकत भएको सुपरहिट फिल्म ‘कबड्डी’ को तेस्रो सिरिज रोजिन् । केही हप्तायता फिल्मको घान्द्रुकमा छायांकन भइरहेको छ । रामबाबु गुरुङले निर्देशन गरिरहेको फिल्ममा उपासनाको अपोजिटमा अभिनेता द्वय दयाहाङ राई र कर्मा शाक्य छन् । 
 
‘कबड्डी’ को दुबै सिरिजमा ‘मैयाँ’ को भूमिकामा रहेकी अभिनेत्री रिश्मा गुरुङको पनि यस फिल्ममा अभिनय छ । यसको मतलब उपासनाको इन्ट्री फ्रेस रोलमा भएको हो । तर, उनको भूमिकाबारे निर्माण टिमले कुनै जानकारी दिएको छैन । उपासनाले आफ्नो आधिकारिक इन्स्टाग्राममा साझेदार गरेको तश्वीरबाट भने उनी फिल्ममा साधारण गाउँले युवतीको भूमिकामा रहेको अनुमान लगाउन गाह्रो पर्दैन । 
 
 
उनले ‘क्याप्टेन’ मा पनि साधारण युवतीको भूमिका निभाएकी थिइन् । ‘कबड्डी कबड्डी कबड्डी’ को सेटबाट उपासनाले प्रायः आफ्ना तश्बिरहरु साझेदार गरिरहेकी छन् । हालै उनले इन्स्टामा अभिनेता दयाहाङसँगको एक तश्वीर साझेदार गरेकी छन् । जसमा दुईलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । उपासनाले दयाहाङको काँधमा आफ्नो हात राखेकी छन् । दया भने उपासनालाई हेरेर मुस्कुराएका छन् । दुईको साथमा केही बच्चाहरु पनि छन् । 
 
यस फिल्मबाट दया र उपासना दुबैले ठूलो आशा बोकेका छन् । छायांकन पनि पूरा नहुँदै ‘कबड्डी कबड्डी कबड्डी’ ले व्यापारिक सफलता हात पार्ने फिल्मवृतमा चर्चा सुरु हुन थालेको छ । यो फिल्मले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा वाचन गर्नेछ । यसमा माओत्से गुरुङ, पुस्कर गुरुङ, विल्सन विक्रम राई, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल पनि कलाकारको रुपमा छन् । 
Most Visited News (monthly)