Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चार दिनमा ‘भारत’ को कमाई १ सय २२ करोड

फिल्मीखबर, काठमाण्डौ, 2019/06/09
सिनेमा घरमा हाउसफुल शोपछि अली अब्बास जफर निर्देशित फिल्म ‘भारत’ प्रदर्शनको चार दिनमा सय करोड क्लबमा इन्ट्री भएको छ । अभिनेता सलमान खान र खभिनेत्री कटरीना कैफ स्टारर यस फिल्मले बक्सअफिसमा एकपछि अर्को गर्दै नयाँ रेकर्ड बनाइरहेको छ । ‘भारत’ सलमानको अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म साबित भएको छ । 
 
यस फिल्मको फर्स्ड डे कमाई ४२ करोड ३० लाख थियो, जसले सलमानको फिल्म 'प्रेम रतन धन पायो' (४० करोड ३५ लाख) को रेकर्ड तोडेको थियो । ‘भारत’ ले दोस्रो दिन ३१ करोड र तेस्रो दिन २२ करोड २० लाखको व्यापार गरेको छ । चौथो दिन पनि फिल्मले बक्सअफिसमा आफ्नो दबदबा कायमै राख्यो । चौथो दिन फिल्मले २६ करोड ७० लाख छापेको छ । 
 
 
ट्रेड एनालिस्ट तरुण आदर्शले ट्वीटमार्फत् फिल्मले प्रदर्शनको चार दिनमा भारतबाट मात्र कुल १ सय २२ करोड २० लाखको व्यापार गरेको जानकारी गराएका छन् । यो फिल्मसँगै सय करोड क्लबमा सबैभन्दा धेरै फिल्म सलमानको भएको छ । उनको १४ वटा फिल्म सय करोड कमाएका छन् । यसमा तीन सय करोड कमाउने फिल्म तीनवटा छन् । 
 
‘भारत’ ले आफ्नो एक्सटेन्डेड विकेन्डमा बक्सअफिसमा १ सय ५० करोडभन्दा बढी व्यापार गर्ने अनुमान ट्रेड एनालिस्ट अमूल मोहनको छ । उनले भनेका छन्, 'पाँच दिनको यो एक्सटेन्डेड विकेन्डमा फिल्मलाई जे मुश्किल देखिएको छ त्यो भनेको वर्ल्ड कप म्याच हो । आइतबार भारत र अस्ट्रेलियाको एक ठूलो म्याच छ । यसले फिल्मको व्यापारमा असर पुग्न सक्छ ।' 
 
फिल्म ‘भारत’ सलमानको उत्कृष्ट फिल्म मध्येको एक मानिएको छ । यसमा उनी र कटरीनासँगै दिशा पाटनी, सुनील ग्रोवर, नोरा फतेही, ज्याकी श्राफ र सोनाली कुलकर्णी मुख्य भूमिकामा छन् । फिल्म ५ जूनमा इदको अवसरमा प्रदर्शनमा आएको हो । फिल्म भारतमा मात्र ४ हजार ७ सय बढी स्क्रिनमा रिलिज भएको छ । उक्त फिल्मलाई क्रिटिक्स र दर्शकले निकै रुचाएका छन् । 
Most Visited News (monthly)