Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सरितालाई सुरक्षा दिन रविन्द्रको सरकारसँग माग

फिल्मीखबर, काठमाण्डौ, 2019/06/07
भोली शनिबार राजधानीको आर्मी अफिसर्स क्लबमा चलचित्र कलाकार संघको साधारण सभाले नयाँ कार्यसमिति पाउँदैछन् । यसका लागि निर्वाचन हुँदैछ । अध्यक्ष पदका लागि ‘सिरियल क्विन’ को उपाधि पाएकी सरिता लामिछाने र पुराना अभिनेता रविन्द्र खड्काले उम्मेदवारी दिएका छन् । दुबै अहिले आफ्नो पक्षमा भोट माग्न व्यस्त छन् । तर, दुईबीच अस्वस्थ प्रतिस्पर्धा चलेको छ ।  
 
केही दिन अगाडि सरिताले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो एजेन्डा सार्वजनिक गरिन् । तर, उनले आफ्नो एजेन्डाभन्दा धेरै अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएपछि आफूले भोगेको पीडा सुनाइन् । २५ वर्षदेखि कलाकारिता क्षेत्रमा सक्रिय भए पनि आफूलाई ग्रैह कलाकार भनेकोमा उनले चित्त दुखाइन् । उनले उम्मेदवारी दिएपछि आफूले धाक-धम्की, वेइजती र ज्यान नै असुरक्षित महशुस गर्न थालेको समेत बताइन् । 
 
 
उनी भन्छिन्, 'घरमा आएर घर नम्बर टिप्ने, चियोचर्चा गर्ने, गाडीको नम्बर टिप्ने क्रम बढेका कारण म आफूलाई असुरक्षित महशुस गर्न थालेको छु ।' तर, उनले कसले धम्की दियो ? कोबाट वेइजती सहनु पर्‍यो ? र कसले चियोचर्चा गर्‍यो ? गोप्य राख्न चाहिन् । यसबाट प्रष्ट हुन्छ कि उनले आफ्नो प्रतिद्वन्द्धि रविन्द्र खड्कालाई निशाना बनाएकी हुन् । हुनत, चुनावमा आफ्नो प्रतिद्वन्द्धिलाई गलत र नराम्रो बनाउन खोज्नु सामान्य कुरा हो । 
 
बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अध्यक्षका उम्मेदवार रविन्द्र खड्काले आफ्नो एजेन्डा सार्वजनिकसँगै आफ्नो प्रतिद्वन्द्धि सरितालाई 'काउन्टर' दिन पनि कुनै कसर छाडेनन् । उनले सरितालाई आफ्नो प्यारी बहिनीको रुपमा सम्बोधन गर्दै सरकारसँग उनको सुरक्षाको माग पनि गरे । 'मेरी बहिनीले असुरक्षित महशुस गरेको सुन्दा निकै दुःख लाग्यो । सरकारसँग उनको सुरक्षाको माग गर्दछु', उनले भने ।
 
उनले सरितालाई अफवाह नफैलाउन पनि आग्रह गरे । उनी अगाडि भन्छन्, 'यदी साँचिक्कै धम्की आएको र सुरक्षा चाहिएको हो भने मलाई खुलस्त भन्नुस्, वा काहिँबाट जानकारी आओस्, म गृहमन्त्रीको टेवुल ठोकेर भए पनि सुरक्षा दिलाउँछु । नभए अफवाह नफैलाउन आग्रह गर्छु ।' उनले आफूले जितेको खण्डमा सरितालाई सम्मान गरेर कलाकार संघमै राख्ने पनि बताए । भने, सरितालाई जितको शुभकामना पनि दिए । 
Most Visited News (monthly)