Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुवनको ‘मिस्टर नेपाली’ निर्देशकलाई आग्रहः ‘पोस्टरमा मेरो टाउको नराख्नुस्’

फिल्मीखबर, काठमाण्डौ, 2019/06/05
एक जमाना भित्तामा टाँसिएको पोस्टरमा राखिएको कलाकारको अनुहार हेरेर दर्शकको ठूलो भीड हलमा ओर्लिन्थ्यो । राजेश हमाल, भुवन केसी, विराज भट्ट, निखिल उप्रेती, रेखा थापालगायतका कलाकारको टाउको पोस्टरमा राखेको भरमा फिल्मले ब्लकबस्टर व्यापार गर्थे । चाहे उनीहरुको मुख्य भूमिका होस् वा एक/दुई सिन नै किन नहोस्, दर्शकले फिल्म छुटाउँदैन थिए । 
 
केही औंलामा गनिने चलेका कलाकारको टाउको पोस्टरमा राखे दर्शक हलसम्म पुग्छन् भन्ने सोचाई अहिलेका मेकरमा पनि कायम छ । तर, अहिले समय पहिलाको जस्तो छैन । दशक अगाडि दुई/चारवटा जबरजस्त एक्सन र इमोसनल सिन भए फिल्म सफल हुन्थे । हलमा ५१ औं र सय दिन सजिलै मनाउँथे । आफ्नो मनपर्ने कलाकारको टाउको पोस्टरमा देखेकै भरमा दर्शक हल पुग्थे । 
 
तर, अहिले दर्शक निकै 'स्मार्ट' भएका छन् । केही वर्षयता पोस्टरमा राखिएको कलाकारको टाउको हेरेर नभइ 'माउथ पब्लिसिटी' को भरमा दर्शक हल पुग्ने गर्दछन् । फिल्मको सर्वत्र प्रशंसा भएको छ भने दर्शक फिल्म हेर्न आतुर हुन्छन् । 'वर्ड अफ माउथ' नै कमजोर भए दर्शकले आफ्नो मनपर्ने कलाकारको समेत फिल्म हेर्न छाडिसकेका छन् । अहिले दर्शकले स्टारलाई नभए कन्टेन्टलाई प्राथमिकता दिन थालेका छन् । 
 
 
डेढ दशक अगाडि अभिनेता भुवन केसीको टाउको पोस्टरमा राखेको भरमा फिल्मले लोभलाग्दो व्यापार गर्थे । लभर ब्वाईको भूमिकामा निकै रुचाइएका उनले एक समय एकसेएक सुपरहिट फिल्म दिएका छन् । तर, समय सधैं एकनास कहाँ रहन्छ र ! विस्तारै स्टारडम कमजोर हुन थालेपछि उनले अभिनयबाट दूरी बनाए । करीब ७ वर्षदेखि उनले अभिनय गरेको फिल्म दर्शकले हेर्न पाएका छैनन् । 
 
छोरा अनमोल केसीको करिअरलाई मजबुत बनाउन लामो समय अभिनयबाट दूरी बनाएका भुवनले फिल्म ‘मिस्टर नेपाली’ बाट कमब्याक गर्दैछन् । यो फिल्मको अहिले नवलपरासीमा छायांकन भइरहेको छ । फिल्ममा भुवनको दोहोरो भूमिका छ । एउटा नेगेटिभ र एउटा पोजेटिभ । पिता र छोराको भूमिकामा उनी देखिँदैछन् । उनको जोडीको रुपमा अभिनेत्री रीमा विश्वकर्मा छिन् । 
 
यो फिल्मबाट उनी आफ्नो पुरानो क्रेज फर्काउने सोचमा छन् । तर, उनले निर्देशक देव भुषाललाई फिल्म रिलिजको बेला आफ्नो टाउको पोस्टरमा नराख्न आग्रह गरेका छन् । फेरि तपाईंको टाउको पोस्टरमा राखेको भरमा फिल्म चल्ला ? भन्ने पत्रकारको प्रश्मा ‘मिस्टर नेपाली’ को मुहूर्त समारोहमा भुवनले भने- ‘निर्माण टिमलाई मेरो आग्रह छ, ‘मेरो टाउको पोस्टरमा नराख्नुस् ।’ फिल्ममा अभिनय गर्ने नयाँ कलाकारको राख्नुस् ।’ 
 
यो फिल्मबाट साहिल श्रेष्ठ र कुशुम राउतले डेब्यू गर्दैछन् । उनले अगाडि थपे- ‘म सधैं नयाँलाई प्रोत्साहन गर्ने व्यक्ति हुँ । पोस्टरमा साहिल र कुशुमलाई विशेष प्राथमकिता दिन म निर्देशक र निर्मातालाई आग्रह गर्छु । यो मान्दिनु भयो भने म आभारी हुनेछु ।’ कमलमणी नेपाल, विष्णु सापकोटा, नन्दु श्रीवास्तव, सुरेन्द्र केसीलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ । 
Most Visited News (monthly)