Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

वर्षाको पहिरन विवादः संजोगले लेखे, ‘तिम्रो कठिन समयमा अझ माया गर्नेछु’

फिल्मीखबर, काठमाण्डौ, 2019/06/03
अभिनेत्री वर्षा राउतको आजसम्म पहिरनलाई लिएर आलोचना भएको छैन । रिलमा प्रायः साधारण युवती वा महिलाको भूमिका निर्वाहा गर्दै आएकी वर्षा वास्तविक जीवनमा भने बोल्ड पहिरनमा हिँड्न रुचाउँछिन् । तर, उनको पहिरनलाई लिएर कहिल्यै आलोचना भएन । न त ट्रोलको शिकार नै भएकी थिइन् । यसपटक भने उनी पहिरनका कारण पहिलो पटक नराम्रोसँग ट्रोलको शिकार हुनु परेको छ । 
 
 
केही दिनयता उनी फिल्म ‘जात्रै जात्रा’ को प्रदर्शनका लागि अष्ट्रेलियामा छिन् । गएको शुक्रवार भएको फिल्मको विशेष प्रदर्शनीमा उनले घाँटीको भाग धेरै खुलेको सेतो र कालो रंग मिसिएको लामो गाउन लगाएकी थिइन् । उक्त पहिरनमा उनको बक्षस्थलको आधा भन्दा बढी भाग स्पष्ट देखिएको छ । विवाहपछि उनी पहिलो पटक यसरी खुलेकी हुन् । तर, ट्रोलर्सले उनलाई मजाकको पात्र बनाएका छन् । 
 
ट्रोलर्सले विवाहपछि उनी उत्पादै बोल्ड भएको भन्दै सयौं ट्रोल बनाएका छन् । दुईअर्थी शब्द प्रयोग गरेर पनि थुप्रै खालका ट्रोल बनेका छन् । तर, यस विषयमा वर्षाले कुनै प्रतिक्रिया जनाएकी छैनन् । यसले उनको वास्तविक जीवनमा भने नराम्रो असर पुगेको छ । तर, उनलाई साथ र हिम्मत दिन श्रीमान् संजोग कोइराला अगाडि सरेका छन् । अहिले उनी पनि वर्षासँग अष्ट्रेलियामै छन् । 
 
उनले वर्षासँगको रोमान्टिक दुई फोटो सामाजिक सञ्जाल फेसबुकमा साझेदार गर्दै लेखेका छन्, ‘म तिमीलाई प्रोत्साहन गर्छु, तिमीलाई सम्मान गर्छु । तिम्रो हरेक युद्धमा साथ र सहयोग गर्नेछु । तिम्रो कठिन र संर्घषको समयमा अझ माया गर्नेछु । म तिमीसँग धेरै समय बिताउने कोशिश गर्छु ।’
 

 उनी अगाडि लेख्छन्, ‘तिमीलाई हरेक पल आनन्दित तुल्याउने प्रयास गर्नेछु । तिमी सधैं ठिक र ठिक काम गर्न सक्दिनौ, ठिकै छ । तिमी सबै कुरामा पर्फेक्ट हुन सक्दिनौ तर वास्तविक हुनु ।’ अप्ठ्यारो समयमा एक महिलाले सबैभन्दा ठूलो साथ श्रीमान्बाट चाहन्छन् । वर्षालाई श्रीमान्बाटै बलियो साथ र सहयोग मिलेपछि बजारमा पहिरनलाई लिएर भएको आलोचनाले खासै फरक नपर्ने देखिन्छ । 
Most Visited News (monthly)