Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भदौमा नीता र प्रज्वलको ‘सोच’

फिल्मीखबर, काठमाण्डौ, 2019/06/03
 
अभिनेत्री नीता ढुंगाना र अभिनेता प्रज्वल गिरीले पहिलो पटक स्क्रिन साझेदारी गरेको फिल्म ‘सोच’ को प्रदर्शन मिति आउँदो भदौ २० गतेलाई घोषणा गरिएको छ । एक्सन-लभस्टोरी जनरामा निर्माण भएको फिल्मको निर्माण टिमले फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । 
 
पुजन सिंह (प्रभाकर प्रकाश) को कथा र निर्देशनमा बनेको फिल्मको सार्वजनिक तीन पोस्टरमा अभिनेता द्धय प्रज्वल गिरी, पुजन सिंह र अभिनेत्री नीता ढुंगाना फिचर्ड छन् । गंगा रजक प्रकाश र एस.डी निर्माता रहेको फिल्ममा विशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसीलगायतका कलाकारहरुको पनि अभिनय छ । 
 
कृष्ण आचार्यको पटकथा, संवाद रहेको सम्वाद रहेका ‘सोच’ मा एनबी महर्जनको द्वन्द्व निर्देशन, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन छ । फिल्मले मनोरञ्जनका साथै जीवनोपयोगी सन्देश समेत प्रदान गर्ने निर्देशक पुजन बताउँछन् । यसलाई आरआर फिल्मस्ले वितरक गर्दैछ । 
Most Visited News (monthly)