Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘मिस्टर नेपाली’ मा भुवनको दोहोरो भूमिका, रोमान्स रीमासँग

फिल्मीखबर, काठमाण्डौ, 2019/06/03
एक जमाना नेपाली फिल्ममा आफ्नो बलियो साम्राज्य बनाएका अभिनेता भुवन केसी केही वर्षयता अभिनयबाट टाढा छन् । उनी अहिले आफ्नो छोरा अनमोल केसीको करिअर मजबुत मनाउन दिन-रात खटिरहेका छन् । अनमोलले पनि आफूलाई अभिनेताको रुपमा स्थापित गरेसँगै भुवन पुनः अभिनयमा फर्किएका छन् । उनले फिल्म ‘मिस्टर नेपाली’ बाट कमब्याक गर्ने भएका छन् । 
 
 
फिल्म ‘ड्रिम्स’ बाट निर्देशनमा समेत डेब्यू गरिसकेका उनी देव भुषालको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘मिस्टर नेपाली’ मा दोहोरो भूमिकामा प्रस्तुत हुँदैछन् । उनले लामो फिल्म करिअरमा कहिल्यै दोहोरो भूमिका निभाएका थिएनन् । यसमा उनी एक छोरा र पिताको भूमिकामा हुनेछन् । एउटा भूमिका भने नेगेटिभ छ । फिल्मको सोमवारबाट छायांकन सुरु भएको छ । 
 
सोमवार विहान कमलादीमा रहेको गणेश मन्दिरमा फिल्मको शुभ साइत गरिएको छ । उक्त समारोहमा यस फिल्मबाट डेब्यू गर्न लागेका साहिल श्रेष्ठ र कुशुम राउतले मुहूर्त सट दिएका थिए । फिल्ममा दुईको जोडी बाँधिनेछ । भने, अभिनेता भुवनले अभिनेत्री रीमा विश्वकर्मासँग रोमान्स गर्नेछन् । कमलमणी नेपाल, विष्णु सापकोटा, नन्दु श्रीवास्तव, सुरेन्द्र केसीलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ । 
 
 
प्रेमराज दाहालको लगानीमा निर्माण हुने फिल्मलाई निरज कँडेलले खिच्नेछन् । जीवन थापाको काँधमा सम्पादनको जिम्मेवारी छ । फिल्मका गीतमा दीपक शर्मा र सुभाष भुषालको संगीत रहनेछ । अभिनेता भुवनले आफ्नो भूमिका र स्क्रिप्ट मन परेका कारण काम गर्न राजी भएको फिल्मको मुहूर्त समारोहमा बताए । रीमासँग अनस्क्रिन रोमान्स गर्न पनि आफू निकै उत्साहित रहेको उनको भनाई छ । 
 
उनी भन्छन्, 'मैले कहिल्यै फिल्ममा दोहोरो र नेगेटिल रोल निभाएको थिइनँ । मलाई नेगेटिभ रोल गर्न चाहिँ एकदमै मन थियो । ‘मिस्टर नेपाली’ मा मेरो एउटा भूमिका नेगेटिभ छ । फिल्मले राष्ट्रियताको कथा उठाएका कारण पनि म काम गर्न राजी भएको हुँ ।' उनी रीमा आफ्नो मनपर्ने अभिनेत्री रहेको बताउँछन् । रीमा पनि आफ्नो मनपर्ने अभिनेतासँग स्क्रिन साझेदार गर्न निकै उत्साहित रहेको बताइन् । 
 
 
फिल्ममा हिमाल केसीको द्वन्द्व रहनेछ । कविराज गहतराजले फिल्मका गीतमा कोरियोग्राफी गर्नेछन् । निर्देशक भुषालले फिल्मलाई राम्रो बनाउन आफूले इमान्दार प्रयास गर्ने बताए । उनी भन्छन्, 'फिल्मले हाम्रै समाजको कथा भन्छ । अहिलेको अवस्थामा हरेक घरबाट विदेश नजाने मान्छे भेटिन गाह्रो पर्छ । फिल्मको कथा यही सेरोफेरोमा छ ।' नव-अभिनेता साहिल र अभिनेत्री कुशुमले आफ्नो भूमिकालाई न्यायपूर्वक निभाउन मिहिनेत गर्ने बताए । 
Most Visited News (monthly)