Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मारुनी’ फस्टलुकमा रोमान्टिक पुष्प र साम्राज्ञी

फिल्मीखबर, काठमाडौं, 2019/06/02
अभिनेत्रीमा अहिलेकी 'हटकेक' साम्राज्ञी आरएल शाह फिल्म ‘मारुनी’ मार्फत् करीब एक वर्षपछि ठूलो पर्दामा फर्किँदैछिन् । उनी अभिनीत पछिल्लो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ गत वर्षको असोजमा रिलिज भएको थियो । फिल्म छनोटमा निकै चुजी मानिने साम्राज्ञीले अभिनेता पुष्प खड्कासँग रोमान्स गरेको फिल्म ‘मारुनी’ को फस्टलुक सार्वजनिक भएको छ । फिल्म भदौ १३ मा रिलिज हुँदैछ । 
 
पोस्टरमा साम्राज्ञी र पुष्प मात्र फिचर्ड छन् । दुईलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । एक पोस्टरमा साम्राज्ञी कालो बोल्ड पहिरनमा घोडामाथि चढेकी छन् । घोडा पुष्पले डोर्‍याएका छन् । दोस्रो पोस्टरमा भने साम्राज्ञी एक रुखमा अढेस लगाएकी छन् । उनको कम्मरमा पुष्पले हात राखेका छन् । पोस्टरले दर्शकमा फिल्मप्रति कौतुहलता सृजना गर्नेमा निर्माण टिम विश्वस्त छ । 
 
 
पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेको यो फिल्मलाई 'मंगलम' फेम्ड निर्देशक नवल नेपालले निर्देशन गरेका हुन् । राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री फिल्मका सह–निर्मातामा छन् । फिल्मको बिषयवस्तुको बारेमा यसको निर्माणपक्षले केही पनि बोलेको छैन । फिल्मलाई संजय लामाले खिचेका हुन् । फिल्ममा नायिका रेविका गुरुङको पनि मुख्य भूमिका छ ।
 
‘मारुनी’ को बिषयमा निर्मात्री गौतम भन्छिन्, ‘हामीले यसपटक दर्शकको मुटुलाई छुने कथामा फिल्म बनाएका छौ । फिल्ममा थुप्रै ट्विस्ट छन् । दर्शकको मन छुन्छ ।’ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘मारुनी’ लाई आफ्नो करिअरको महत्त्वकांक्षी फिल्म बताएकी छन् । उनले यस्तो भूमिका यसअगाडि आफूले नगरेको बताइन् । पुष्प पनि फिल्मलाई लिएर उत्साहित छन् । 
Most Visited News (monthly)