Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

श्वेता निको नभएपछि ‘हेल्लो जिन्दगी’ मा प्रियंका भित्रिइन्

फिल्मीखबर, काठमाण्डौ, 2019/06/02
गएको महिना गर्धनमा अचानक ट्युमर देखिएपछि भारतमा शल्याक्रिया गरेकी अभिनेत्री श्वेता खड्का पूर्ण रुपमा निको नभएपछि फिल्म ‘हेल्लो जिन्दगी’ मा अभिनेत्री प्रियंका कार्की भित्रिएकी छन् । अस्पतालको शैयाबाटै अभिनेत्री खड्काले स्वास्थ्य अवस्थाका कारण फिल्म गर्न असमर्थ रहेको जानकारी गराएकी थिइन् । फिल्ममा उनको केही प्रतिशत सिन खिचिसकिएको छ । 
 
उनको स्वास्थ्य अवस्था अचानक विग्रिएपछि निर्माण टिमले फिल्मको छायांकन रोकेको थियो । उनी पूर्ण रुपमा निको भएपछि छायांकन सुरु गर्ने तयारीमा निर्देशक एभरेष्ट सूर्य बोहोरा थिए । तर, श्वेता पूर्ण रुपमा निको हुन अझै केही समय लाग्ने भएपछि जेठ ११ गतेबाट फिल्मको पुनः छायांकन सुरु भएको छ । अब, उनले स्वास्थ्य अवस्थाका कारण गर्न नसकेको भूमिकामा प्रियंकाले अभिनय गर्नेछिन् । 
 
 
गएको बिहीवार प्रियंकाले फिल्ममा आफ्नो पहिलो सट दिएकी छन् । काठमाडौंमा केही साताको छायांकनपछि आफू निर्माण टिमसँग युरोप प्रस्थान गर्ने प्रियंकाले जानकारी दिएकी छन् । उनले चाँडै निर्देशक बोहोरासँग अर्को फिल्ममा पनि सहकार्य गर्दैछिन् । ‘चलखेल’ नामक फिल्ममा उनले काम गर्ने फाइनल भइसकेको छ । ‘हेल्लो जिन्दगी’ को छायांकन सकिए लगत्तै उनी यो फिल्ममा व्यस्त हुनेछिन् । 
 
‘हेल्लो जिन्दगी’ मा उनीसँगै अभिनेत्री दीपिका प्रसाईं पनि प्रमुख भूमिकामा छिन् । निर्देशक बोहोरा लेखनमा बन्ने फिल्मलाई सृजना जोशीले निर्माण गर्दैछिन् । फिल्म विरान्जना इन्टरटेन्मेन्टको ब्यानर बन्न लागेको हो । सलोन बस्नेत, विल्सन विक्रम राई, विक्रान्त बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय रहने फिल्मका गीतमा बसन्त सापकोटाको संगीत र निशान भट्टराइले स्वर रहनेछ । 
Most Visited News (monthly)