Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

पीएम मोदीको बायोपिकको बक्सअफिसमा हरिविजोग

एजेन्सी, मुम्बई, 2019/06/02
 
दोस्रो पटक भारतका प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको जिन्दगीमा आधारित भएर निर्माण भएको फिल्मले बक्सअफिसमा निराशाजनक व्यापार गरिरहेको छ । गएको साता प्रदर्शनमा आएको फिल्मले एक हप्तामा मात्र १९ करोड छापेको छ । समीक्षकले कमजोर रेटिङ दिएको यस फिल्मलाई दर्शकले पनि खासै रुचाएका छैनन् । 
 
ट्रेड एनालिस्ट तरण आदर्शले फिल्मको कमाई सार्वजनिक गरेका छन् । यो फिल्मले पहिलो दिन २.८८ करोड, दोस्रो दिन ३.७६ करोड, तेस्रो दिन ५.१२ करोड, चौथो दिन २.४१ करोड, पाँचौ दिन २.०२ करोड, छैटौं दिन १.७१ र सातौं दिन १.३१ करोडको व्यापार गरेको छ । फिल्मले घरेलु बजारबाट सात दिनमा १९ करोड २१ लाख कमाएको छ । 
 
यो फिल्म १२ सय स्क्रिनमा रिलिज भएको छ । यस फिल्मबाट मेकर्सलाई निकै ठूलो विश्वास थियो तर त्यसो भएन । चार जूनमा ईदको अवसरमा बलिउड सुपरस्टार सलमान खानको फिल्म 'भारत' रिलिज हुँदैछ । ५ हजार बढी स्क्रिनमा रिलिज हुने यो फिल्मले मोदीको बायोपिकलाई हलबाट विस्थापित गर्ने निश्चित छ । विवेक ओबेरोय यसमा प्रमुख भूमिकामा छन् । 
 
फिल्ममा प्रधानमन्त्री नरेन्द्र मोदीको बाल्यकालदेखि चिया बेच्ने र प्रधानमन्त्रीसम्मको सफर देखाइएको छ । फिल्मलाई सन्दीप सिंहले निर्माण गरेका हुन् । भने, ओमङ कुमारले निर्देशन गरेका हुन् । फिल्ममा विवेकका अलावा बोमन ईरानी, दर्शन कुमार, वहीदा रहमान, मनोज जोशी र बरखा बिष्ट(सेनगुप्ताको पनि प्रमुख भूमिका छ । 
Most Visited News (monthly)