Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

प्रदीपले हेमराज र रामबाबुको फिल्म छाडेका हुन् ?

फिल्मीखबर, काठमाण्डौ, 2019/06/01
सुदर्शन थापा निर्देशित फिल्म 'प्रेमगीत' बाट सफलताको उत्कर्षमा पुगेका अभिनेता प्रदीप खड्काका लागि गत वर्ष खासै सुखद बन्न सकेन । उनका दुई फिल्म प्रदर्शनमा आएका थिए- 'रोज' र 'लभ स्टेशन' । तर, दुबैले न दर्शक रिझाउन सफल भए न त राम्रो व्यापार गर्नै । 'लभ स्टेशन' लाई त चोरीको बात नै लाग्यो । ६ महिनाको अन्तरमा दुई फिल्म असफल भएपछि उनी अब फिल्म छनोटमा सम्यमित भएका छन् । 
 
 
'लभ स्टेशन' पछि उनको तन-मन सबै ‘प्रेमगीत ३’ मा केन्द्रित छ । यसमा उनले तेस्रो पटक 'प्रेम' को भूमिका निभाउँदैछन् । २ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएर निर्माण हुन लागेको फिल्मका लागि उनले आफ्नो कपाल बढाइरहेका छन् । भने, दैनिक जिममा पसिना पनि बगाइरहेका छन् । ‘प्रेमगीत ३’ करिअरका लागि महत्त्वपूर्ण भएका कारण उनले कुनै नयाँ फिल्म साइन समेत गरेका छैनन् । 
 
यद्यपि, यो फिल्मभन्दा अगाडि उनले दुई निर्देशक हेमराज विसीसँग फिल्म 'शुभ विवाह' र रामबाबु गुरुङको फिल्म 'बेला' गर्ने फाइनल भएको थियो । साथै, उनले निर्देशक गुरुङको हाल छायांकनरत फिल्म 'कबड्डी कबड्डी कबड्डी' गर्ने पनि चर्चा थियो । तर, यो फिल्म उनले 'प्रेमगीत ३' लाई समय दिनु पर्ने भएका कारण छाडे । यसमा उनको खासै लामो भूमिका थिएन । उनले हात झिकेपछि अभिनेता कर्मा भित्रिएका छन् । 
 
अभिनेता प्रदीपले अब 'प्रेमगीत ३' रिलिज अगाडिसम्म कुनै नयाँ फिल्म साइन नगर्ने र साइन गरेका प्रोजेक्ट पनि सुरु नगर्ने सोचमा छन् । फिल्मवृतमा भने 'प्रेमगीत ३' का लागि उनले हेमराज र रामबाबुको फिल्म छाडेको चर्चा छ । शनिवार करेन्ट लागेर दुवै हात गुमाएकी मेघा घिमिरेको बायोग्राफी पुस्तक 'बलिदान' को विमोचन कार्यक्रममा उनले 'प्रेमगीत ३' भन्दा अगाडि दुईमध्ये एक फिल्म गर्ने आफ्नो तयारी भए पनि विभिन्न कारणले सम्भव नभएको बताए । 
 
 
उनले भने- 'हेमराज दाई र रामबाबु दाईको फिल्ममध्ये एउटा चाहिँ 'प्रेमगीत ३' भन्दा अगाडि नै गर्ने तयारी थियो । तर, हामीले सोचेको अनुरुप भएन । हेमराज दाईले 'द ब्रेकअप' लगत्तै 'घामड शेरे' सुरु गर्नुभयो । रामबाबु दाई 'कबड्डी कबड्डी कबड्डी' को काममा ब्यस्त हुनुभयो । अनि, म 'प्रेमगीत ३' को तयारीमा जुटेँ । फिल्म चाहिँ छाडेको छैन । अर्को वर्ष दुबै फिल्म गर्ने तयारी छ ।' उनले 'प्रेमगीत ३' लाई लिएर आफू निकै उत्साहित रहेको पनि बताए । 
Most Visited News (monthly)