Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नाना पाटेकरलाई 'सेक्सुअल ह्यारेस्मेन्ट' को आरोप

एजेन्सी, मुम्बई, 2018/09/26
'आशिक बनाया आपने' र 'ढोल' जस्ता फिल्ममा अभिनेत्रीको रुपमा काम गरेकी तनुश्री दत्ताले २००८ मा अभिनेता नाना पाटेकरले आफूलाई 'सेक्सुअल ह्यारेस्मेन्ट' गरेको आरोप लगाएकी छन् । १० वर्षपछि एकपटक फेरि उनले आफूसँग घटेको घट्नाको बारेमा विस्तृतमा बताएकी छन् । 
 
तनुश्रीका अनुसार, 'हर्न ओके प्लीज' को सेटमा उनले जे सहिन् त्यसका लागि नानासँगै फिल्मका निर्माता सामी सिद्दिकी, निर्देशक राकेश सारंग र कोरियोग्राफर गणेश आचार्य जिम्मेवार छन् । तर, उनले नाना बाहेक अरु कसैको बारेमा धेरै बोलिनन् । 
 
तनुश्रीले भनिन्, 'नाना पाटेकरको सेटमा आवश्यकता हुँदैन थियो, फेरि पनि उनी आउँथे र कोरियोग्राफरलाई तिमी हट म डान्स सिकाउँछु भन्थे । नानाले सुटिङको पहिलो दिनबाट नै मसँग गलत हर्कत सुरु गरेका थिए ।' पटक-पटक दुव्र्यबहार गरेपछि नानालाई उनीसँग इन्टिमेट सिन गर्ने सोच आएको थियो । 
 
 
उनले नानाको बारे निर्माता/निर्देशकलाई बताएपनि उनीहरु नसुने झैं गरिदिन्थे । यसकारण कि उनी बलिउडमा नयाँ थिइन् । तनुश्री भन्छिन्, 'गलत व्यबहारपछि नानाले निर्मातासमक्ष मसँग एक इन्टिमेट सिनको डिमान्ड राखेका थिए ।' उनका अनुसार, कन्ट्रयाकमा यस्तो केही थिएन । 
 
तनुश्रीका पितालाई नानाको हर्कतको बारेमा थाहा भएपछि उनले निर्मातासँग कुरा गरेका थिए । 'पिताले निर्मातालाई स्पष्ट भन्नुभयो- 'मेरी छोरीले नानासँग इन्टिमेट सिन गर्दिनन् ।' तपाईहरु रातभरी सोच्नुस् र बताउनुस्', उनले भनिन् । पछि तनुश्रीले उक्त फिल्म छाडिन् र फिल्ममा राखी सावन्त भित्रिएकी थिइन् ।  
 
तनुश्रीले अगाडि भनिन्, 'नानाले केवल मलाई ह्यारेस्मेन्ट मात्र गरेनन् सेटमा पोलिटिकल पार्टी एमएनएसलाई बोलाएर मेरो गाडी तोडफोड पनि गरेका थिए । जब एमएनएसका व्यक्तिले मेरो गाडी तोडफोड गर्न लागेका थिए तब  निर्माताले पनि रोकेनन् किनकी उनीहरुलाई पब्लिसिटी मिलिरहेको थियो ।' 
Most Visited News (monthly)