अभिनेता प्रदीप खड्काले काम गरेका प्रायः कसैसँग सुमधुर सम्बन्ध स्थापित गर्न सकेका छैनन् । 'प्रेमगीत' गरेपछि निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्मासँग 'पानी बाराबार' भयो । 'लिलिबिली' रिलिजपछि निर्देशक मिलन चाम्ससँग ।
उनलाई हरेक पाइलामा साथ दिने 'प्रेमगीत' निर्माता सन्तोष सेनसँग पनि अहिले सम्बन्ध ३६ को आँकडामा रहेको सिनेवृतमा चर्चा छ । उनको 'लिलिबिली' का लेखक प्रदीप भारद्धाजसँग पनि सम्बन्ध सन्तुलित छैन ।
'हिरोइन बिनै प्रदीपको 'लभ स्टेशन' घोषणा' शिर्षकमा करीब २ महिना अगाडि फिल्मीखबरले समाचार प्रकाशित गरेको थियो । उक्त समाचार फेसबुकमा शेयर गर्दै लेखक भारद्धाजले अभिनेता खड्कामाथि चोटिलो व्यंग्य प्रहार गरेका थिए ।

प्रदीपलाई उनले बलिउडका आमिर खान र हलिउडका लियोनार्दोसँग दाँजेका थिए । 'प्रदिप खड्का त्यो लेवलको स्टार हुन्, न उनलाई निर्देशक चाहिन्छ, न हिरोइन, न स्कृप्ट । उनी एक्लै फिल्म धान्न सक्छन्', उनले फेसबुकमा लेखेका थिए ।
यो स्टाटसपछि अभिनेता खड्काको लेखक भारद्धाजसँग 'पानी बाराबार' भएको छ । तर, आइतवार राजधानीमा भएको 'एलजी सिने सर्कल अवार्ड' मा निकै रमाइलो दृश्य देखियो, जब दौरा सुरुवालमा ठाँटिएका अभिनेता प्रदीप 'बेस्ट ट्रेलर' को अवार्ड दिन स्टेज उक्लिए ।
ड्यास अगाडि गएर उनले आयोजकले दिएको बन्द खाममा लेखिएको नाम उच्चारण गरे । उक्त अवार्ड 'कृ' बाट सुरेन्द्र पौडेलले जितेका थिए । तर, पौडेल अवार्ड समारोहमा थिएनन् । उनको प्रतिनिधित्व गर्दै लेखक प्रदीप भारद्धाज स्टेज चढे । उनी आएको देखेर प्रदीपको अनुहार मलिन भयो ।
उनी मुश्किलले हाँस्ने प्रयास गरे । तर, अनुहार बादल लागेको आकाश जस्तै भएको थियो । लेखक भारद्धाज स्टेज उक्लिएपछि प्रदीपले विना हिच्किचाहट अंकमाल गरे । अंकमाल गर्दैगर्दा दुबै असहज महशुस गरिरहेका थिए । भारद्धाजले प्रदीपतर्फ एकपटक पनि हेरेनन् ।
अभिनेत्री रुपा राणाले अवार्ड दिइन् र प्रदीपले खादा लगाइदिए । उनले अवार्ड उचाले र लुसुक्क स्टेजबाट ओेर्लिए । मिलन चाम्ससँग सम्बन्ध विग्रिएपछि प्रदीपबाट उनी पनि टाढिएका हुन् । भारद्धाज, चाम्स खेमाका हुन् ।
यो पनि पढ्नुहोस् : प्रदीपप्रति ‘लिलिबिली’ स्क्रिप्ट राईटरको व्यंग्य

