Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अझै पनि’ निर्मात्रीको फिल्ममा पुष्पको जोडी रेविका

फिल्मीखबर, काठमाण्डौ, 2018/08/11
निर्मात्री पूनम गौतम नयाँ फिल्म निर्माणमा कसिएकी छिन् । यसअघि ‘अझै पनि’ फिल्म निर्माण गरेकी उनले नयाँ फिल्मको नाम तय नगरेपनि दुई लिड कलाकार र निर्देशकको टुंगो भने लगाइसकेकी छन् । 
 
 
अभिनेता पुष्प खड्का
 
भाद्र पहिलो साताबाट फ्लोरमा जाने तयारी भइरहेको अनटाइटल प्रोजेक्टलाई 'मंगलम्' फेम्ड निर्देशक नवल नेपालले निर्देशन गर्ने पक्का भएको छ । फिल्ममा अभिनेता पुष्प खड्का र अभिनेत्री रेविका गुरुङ प्रमुख भूमिकामा अनुबन्ध भएका छन् । 
 
पुष्पले निर्मात्री पूनमकै फिल्म ‘अझै पनि’ बाट अभिनय यात्राको प्रारम्भ गरेका थिए भने रेविका फिल्म 'लिलिबिली' बाट अन्तिम समयमा बाहिरिएकी थिइन् । बेलायतले दुई पटक भिषा अस्विकृत गरेपछि उनी अभिनेता प्रदीप खड्काको जोडी बन्नबाट बञ्चित भएकी थिइन् । 
 
डान्सिङ थिममा निर्माण हुने बताइएको फिल्मका लागि अझै एक नायिकाको खोजी भइरहेको स्रोत बताउँछ । रोचक कुरा त अभिनेता पुष्प खड्कालाई आफ्नो डेब्यु फिल्म ‘अझै पनि’ को नाम लिन लज्जाबोध हुन्छ । पुनः दोस्रो पटक डेब्यु फिल्मकै निर्मात्रीको फिल्ममा उनी काम गर्दैछन् । 
 
 
अभिनेत्री रेविका गुरुङ
 
अभिनेता सुदर्शन थापाको प्रमुख भूमिका रहेको उक्त फिल्ममा पुष्प साइड हिरो थिए । यो फिल्म बक्सअफिसमा सफल नभएपछि उनी अचेल आफ्नो डेब्यु फिल्मको नाम समेत सम्झन चाहँदैनन् । 
 
आशा गरौं, पूनमले यसपटक पुष्पलाई लाज नमानि निर्धक्क भन्न सक्ने फिल्म बनाएर दिन सफल हुनेछिन् । 
 
Most Visited News (monthly)