Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

पुष्पलाई ‘अझै पनि’ को नाम लिन किन एलर्जी ?

फिल्मीखबर, काठमाण्डौ, 2018/08/10
अभिनेता पुष्प खड्काको डेब्यु फिल्म कुन हो ? धेरैको झट्ट उत्तर आउनसक्छ 'दर्पण छायाँ २' । लिड रोलमा उनले ब्रेक पाएको फिल्म यो भएपनि डेब्यु फिल्म ‘अझै पनि’ हो । यसमा उनी साइड हिरो थिए । अभिनेता सुदर्शन थापाको प्रमुख भूमिका थियो । 
 
पूनम गौतमले निर्माण गरेको यो फिल्म बक्सअफिसमा चलेन । अचेल पुष्प यो फिल्मको नाम उच्चारण गर्न समेत आवश्यक ठान्दैनन् । मिडियासँगको हरेक अन्तर्वार्तामा उनी पटक-पटक आफ्नो डेब्यु फिल्म 'दर्पण छायाँ २' भन्ने गर्दछन् । 
 
पुष्पले ‘अझै पनि’ लाई आफूले अभिनय गरेको फिल्मको लिस्टमा समेत राख्दैनन् । उनी 'दर्पण छायाँ २' बाट अभिनय यात्राको थालनी गरेको बताउँछन् । यसको अर्थ उनी ‘अझै पनि’ नामबाट भागिरहेका छन् । 
 
 
डेब्यु फिल्म सबै कलाकारका लागि प्रिय हुन्छ । तर पुष्पलाई डेब्यु फिल्मको नाम लिँदा किन लज्जाबोध हुन्छ ? ‘अझै पनि’ खेलेर उनलाई पश्चताप भएको त होइन ? रोचक कुरा त उनको आत्माले स्विकार गरेको डेब्यु फिल्म 'दर्पण छायाँ २' पनि बक्सअफिसमा पत्तासाफ भएको थियो । 
 
सुरुवाती दिनमा अभिनयको भोकले भौँतारिँदै गर्दा पुष्पलाई म्यूजिक भिडियोमा पहिलो पटक ब्रेक दिएका निर्देशक स्वर्गीय आलोक नेम्वाङ हुन् । भिडियोमा मात्र होइन उनलाई निर्देशक नेम्वाङले आफू निर्देशित फिल्म ‘अझै पनि’ बाट ठूलो पर्दामा डेब्युको अवसर दिएका थिए । 
 
अहिले उनी नेम्वाङले आफूलाई फिल्ममा डेब्यु गराएको समेत सम्झन छाडेका छन् । फिल्ममा डेब्यु गराउने गुरुकै नाम लिन नसक्ने पुष्पले फिल्ममा आफ्नो भविष्य कस्तो देखिरहेका होलान् ? कतै उनलाई अब आफू स्टार भएको घमण्ड त होइन ? 
 
सय बढी म्यूजिक भिडियोमा अभिनय गरिससकेका उनको पछिल्लो रिलिज फिल्म 'मंगलम्' हो । यो फिल्मपछि उनलाई सम्भावना बोकेको नायकको रुपमा हेर्न थालिएको छ । तर उनलाई लिड रोलमा लिएर अझै पनि निर्माता/निर्देशकले जोखिम उठाउन सकेका छैनन् ।
Most Visited News (monthly)