Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘शत्रु गते’ को ५१ दिने सेलिव्रेसन, देखियो प्रियंका र आँचलको निकटता

फिल्मीखबर, काठमाण्डौ, 2018/05/13
 
गएको वर्षको चैत ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ शनिवारबाट प्रदर्शनको ५१ औं दिनमा टेकेको छ । देशभरका करीब ८ वटा हलमा फिल्मले ५१ औं दिन मनाएको हो ।
 
यस अवसरमा निर्माण टिमले शनिवार साँझ इमाडोलमा रहेको इन्द्रेणी ब्याङ्केटमा एक कार्यक्रमको आयोजना गर्दै सफलताको खुसीयाली मनाएको छ । 
 
५१ औं दिने सेलिव्रेसन कार्यक्रममा निर्माण टिमले कलाकार, प्राविधिक, प्रायोजक, हल सञ्चालक, वितरक, सञ्चारकर्मीलाई मायाको चिनो वितरण गर्‍यो । मह संचारको ब्यानर र किरण केसी प्रस्तुतकर्ता रहेको फिल्म ‘शत्रु गते’ ले ५१ औं दिनसम्ममा १२ करोड ग्रस कलेक्सन गरेको खबर छ । 
 
 
कार्यक्रममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निर्देशक प्रदीप भट्टराई, निर्माता किरण केसी, अभिनेत्री द्वय प्रियंका कार्की र आँचल शर्मालगायत उपस्थित थिए ।
 
दीपकराज गिरी र दीपाश्री निरौला 'छक्का पञ्जा ३' को सुटिङका कारण उपस्थित हुन सकेनन् भने अभिनेता पल शाह राजधानी बाहिर थिए । 
 
 
‘शत्रु गते’ को ५१ औं दिने सेलिव्रेसन कार्यक्रममा अभिनेत्री द्वय प्रियंका र आँचलको निकटता गज्जबको देखिएको थियो । दुवैको रंग फरक भएपनि पहिरन शैली उस्तै थियो । कार्यक्रमको सुरुदेखि अन्त्यसम्म यी दुई साथ-साथ नै देखिन्थे । यसअघि यी दुई अभिनेत्री यसरि एकअर्कासँग घुलमिल भएको देखिएको थिएन । 
 
कार्यक्रममा बोल्ने क्रममा कलाकार मदनकृष्ण श्रेष्ठले दर्शकको माया र साथका कारण मात्र ‘शत्रु गते’ ले ५१ औं दिन मनाउन सफल भएकोमा खुसी व्यक्त गरे ।
 
यस्तै, हरिवंश आचार्यले ५१ औं दिनसम्म पनि ‘शत्रु गते’ ले दर्शकको साथ पाइरहँनु नेपाली फिल्म क्षेत्रका लागि सुखद कुरा रहेको बताए । निर्देशक भट्टराईले भने सफलताको सबै जस दर्शक, शुभचिन्तक र सञ्चारकर्मीलाई दिन चाहेको बताए । 
 
 
सामाजिक कथामा केन्द्रीत फिल्म विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ । ‘शत्रु गते’ मा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, शिवहरी पौडेल, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका छ । 
Most Visited News (monthly)