Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

सलिनका लागि 'ए मेरो हजुर २' अवसर कि चुनौती ?

मनिष अन्जान, काठमाण्डौ, 2017/08/20
 
पछिल्लो केही समययता नेपाली फिल्म क्षेत्रमा नयाँ अनुहारहरुको आगमन दिन प्रतिदिन बढ्दै गएको छ । तर, उनीहरुमध्ये केहिले चर्चा त केहिले सफलता पाउँछन् । कति त गुमनाम पनि हुन्छन् । भाद्र १६ गतेबाट प्रदर्शनमा आउन लागेको 'ए मेरो हजुर २' बाट एक नव-नायक नेपाली फिल्म इन्डष्ट्रीमा भित्रिँदैछन्, सलिनमान बाँनिया । अहिले सलिनको चर्चा फिल्म रिलिज अगाडि नै गज्जबको छ । 
 
हेयर स्टाइलदेखि क्यूटनेसको चर्चाले सलिन अहिले सामाजिक सञ्जालमा सबैभन्दा बढी खोजिने नव-नायक बनेका छन् । पहिलो फिल्म रिलिज अगाडि नै सलिनमानको लोभलाग्दो क्रेज छ । 'ए मेरो हजुर २' को ट्रेलरसँगै फिल्ममा समावेश 'कसम हो 'र हालैमा रिलिज भएको 'उकालीमा जाँदा जाँदै' गीतबाट पनि सलिनमानको चर्चा दिन प्रतिदिन चुलिदै गएको छ । यसअघि सलिनको ठाउँमा अनमोल केसी र प्रदीप खड्कालाई अफर गरिएको खबर छ । तर, नायिका झरना थापाले फिल्मका लागि सलिनलाई छनौट गरिन् । 
 
सलिनमानका लागि 'ए मेरो हजुर २' ले अवसर र चुनौती दुवै बोकेर ल्याएको छ । झरना थापा फिल्मकी निर्देशक र नायिकामा साम्राज्ञी राज्यलक्ष्मी शाहसँग काम गर्न पाउनु सलिनका लागि ठूलो अवसर हो । 'ए मेरो हजुर २' रिलिज नहुँदै सलिनमानको जुन चर्चा छ, त्यसले के कुराको पुष्टि गर्छ भने उनी भोलीका सुपरस्टार नायक हुन् । सलिनलाई 'ए मेरो हजुर २' ले अवसरसँगै चुनौतीको पहाड पनि बोकेर ल्याएको छ । अनमोल केसीले आफ्नो क्यूटनेस मात्र बेचिरहेको चर्चा चलिरहँदा सलिनमानको 'ए मेरो हजुर २' मा अभिनय कमजोर देखिए उनीमाथि पनि यो आरोप लाग्नेमा शंका छैन् । 
 
अझ, सलिनमानलाई नयाँ अनुहारको भिडमा आफूलाई फरक सावित गर्न पनि उतिक्कै मुश्किल छ । चकलेटी अनुहारका सलिनमानलाई आफ्नो फिल्मी करिअर माथि उठाउन 'ए मेरो हजुर २' को महत्वपूर्ण भूमिका रहन्छ । सलिनका अलावा यो फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिन बस्नेत, अम्बर सुवेदी, सुमन पौडेल लगायतका कलाकारहरुको मुख्य भूमिका छ । 
 
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो । फिल्मलाई सन्जय लामाले खिचेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्। झरना थापा निर्देशित यो फिल्म ‘ए मेरो हजुर’ को सिक्वेल हो ।
Most Visited News (monthly)