
बलीउड एक्टर अक्षय कुमार र भूमि पेडनेकरको फिल्म 'ट्वाइटेल : एक प्रेम कथा'ले प्रदर्शनको आठ दिन पार गरेको छ । बक्स अफिसमा फिल्मले प्रदर्शनको आठ दिनमा सय करोडको विजनेश गरेको छ ।
पहिलो हप्ता ९६.०५ करोडको विजनेश गरेको फिल्मले दोस्रो हप्ताको पहिलो दिन शुक्रवार ४ करोड विजनेश गर्दै सय करोडमा प्रवेश गरेको हो । फिल्मले पहिलो हप्ताको शुक्रवार १३.१०, शनिवार १७.१०, आइतवार २१.२५, सोमवार १२, मंगलवार २०, बुधवार ६.५०, बिहीवार ६.१० र दोस्रो हप्ताको शुक्रवार ४ करोडको विजनेश गरेको थियो । फिल्मले प्रदर्शनको आठ दिनमा कूल १००.१५ करोडको विजनेश गरेको छ ।
ट्रेड एनालिस्ट तरन आदर्शले ट्वीट गर्दै 'ट्वाइटेल : एक प्रेम कथा'ले प्रदर्शनको आठ दिनमा सय करोडको विजनेश गर्न सफल भएको जानकारी दिएका छन् । एयर लिफ्ट, रुस्तम, राउडी राठोर, होलीडे, जोली एलएवी – २, हाउसफूल २ र हाउसफूल ३ का अलावा फिल्म 'ट्वाइटेल : एक प्रेम कथा' अक्षय कुमार को आठौँ फिल्म बनेको छ, जुन सय करोड क्लबको खातामा दर्ता भएका छन् ।
यो फिल्म प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ भारत अभियानमा बनेको हो । ‘ट्वाईलेट : एक प्रेम कथा’लाई नारायण सिंहले निर्देशन गरेका हुन् । अक्षय कुमार, भूमि पेडनेकर, अनुपम खेर, सना खान लगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको फिल्मको कथा र पटकथा सिद्धार्थ-गरिमाले लेखेका हुन् ।

