Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आशिरमान र आनाका फ्यान, ‘कोही किस गर्ने, कोही रुने’

फिल्मीखबर, काठमाण्डौ, 2017/08/19
 
पहिलो फिल्म रिलिज अगाडि नै नव-नायक आशिरमान देशराज श्रेष्ठको चर्चा सिनेवृतमा गज्जबको थियो । संभवत नेपाली फिल्म क्षेत्रका आशिरमान यस्ता नायक हुन्, जसको पहिलो फिल्म रिलिज अगाडि नै लोभलाग्दो क्रेज थियो । शुक्रवारबाट आशिरमान र आना शर्मा अभिनित फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ प्रदर्शनमा आएको छ । 
 
 
प्रदर्शनको पहिलो दिन शुक्रवार र दोस्रो दिन शनिवार फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ सिंगल र मल्टिप्लेक्स सबैतिर हाउसफूल रह्यो । फिल्मको दुईदिने कलेक्सन सुखद छ । शनिवार आशिरमान, आना, संयम पुरी, रोजिशा शाही ठकुरी, निर्देशक हेमराज वीसी, निर्माता सरोज न्यौपाने लगायतले राजधानीका हल-हलमा पुगेर दर्शकसँग बसेर फिल्म हेरे ।
 
फिल्म हेर्ने क्रममा आना र आशिरमानका फ्यानको भिड थामिनसक्नुको थियो । आशिरमानलाई देखेर यूवतीहरुका आँखामा आँशु रसाएका थिए भने धेरैले गालामा किस समेत गरे । यस्तै, आनाका यूवती फ्यानको आँखाबाट पनि आँशु थामिएका थिएनन् । कति यूवतीहरु आशिरमानका लागि गिफ्ट समेत बोकेर हल पुगेका थिए । 
 
 
हलमा ‘ग्याङ्गस्टर ब्लूज’ हेर्ने अधिकांश युवापुस्ताका दर्शक छन् । निर्माता सरोज न्यौपानेले 'ग्याङ्गस्टर ब्लूज' हेर्न दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको बताए । लगातार एकपछि अर्को सफल फिल्म पस्किरहेका निर्देशक हेमराज वीसीले निर्देशन गरेको यो फिल्ममा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।
 
तश्वीर : विवेक बस्याल
 
भिडियो हेर्नूस् :-
 

Most Visited News (monthly)