.jpg)
सोसल मिडियामा धेरैजसो मानिसहरु आशक्त भएका छन् । आजकाल युवा र उमेर पुगेका मानिसहरु पनि फेसबुक– ट्विटरको प्रयोग गरिरहेका देखिन्छन् । फेसबुक मानिसहरुको जीवनको एक अभिन्न मित्र बनिसकेको छ । साथीभाई, इष्टमित्रसँग सम्पर्कमा रहिरनका लागि यो एउटा राम्रो र सजिलो माध्ययम बनेको छ । फेसबुकमार्फत हामी आफ्ना जिन्दगीसँग जोडिएका धेरै कुराहरु आफ्ना साथीहरु, आफन्तसँग बाँड्ने गर्दछौँ ।
अहिलेको समयमा सामाजिक सञ्जालबाट टाढा कमै होलान् । राजनीतिज्ञदेखि कलाकारसम्म फेसबुक, ट्विटर, ईन्स्ट्राग्राममा सक्रिय रहने गर्छन । त्यसमा पनि सेलिब्रेटी अनि स्टारको उपमा पाएका पाएका कलाकारहरु त हर बखत अपडेट हुनपर्छ भनिन्छ र धेरै हुन्छन् पनि । तर, यसबाट नायक निखिल उप्रेती भने टाढा थिए । उनको नाममा सयभन्दा बढी फेक फेसबुक एकाउन्टहरू खोलिएको भएतापनि अहिलेसम्म उनले आधिकारीक रुपमा आफ्नो नामको फेसबुक, ट्विटर अनि ईन्स्ट्राग्राम खोलेका थिएनन् ।
फ्यानहरु चाहन्छन् आफ्नो स्टारसँग कुनै न कुनै माध्यमबाट नजिक हुन पाइयोस् र यसैकारण पनि हो निखिलको नाममा सय बढी फेक फेसबुक एकाउन्टहरू खोलिनु । फेक फेसबुक एकाउन्टमा अपलोड हुने केही नराम्रा पोस्टहरुले निखिलको पारिवारमा समेत ठूलो भूकम्प ल्याएको थियो । गएको वर्ष भ्यालेन्टाइन डेमा निखिलकै नराम्रो हुनेगरी पारिवारिक रुपमा नै बिखण्डन आउने अनि आफ्ना सम्झिएका फ्यानहरुनै भड्किने प्रकारका पोस्टहरु बाहिर आए । जसले उनको परिवारमा समेत हल्लीखल्ली मच्चायो ।

फेक आईडीबाट दुई श्रीमतीका पति निखिलले एकलाई च्यापेर अर्कोलाई वास्ता नगरेको, फ्यानको चासो र मागमा वास्ता नगरेको सम्मका पोस्टहरु बाहिरिए । यसले निखिललाई ठूलो तनाबमा ल्याएको थियो । अब भने निखिललाई फेसबुकमा भेट्न सकिने भएको छ । केहीदिन अगाडि मात्र उनले आफ्नो नामको आधिकारीक फेसबुक आईडी बनाएका छन् । अहिले उनी आफ्नो लाइक पेज र पर्सनल फेसबुक आईडीमा एकपछि अर्को पोस्टहरु गर्दै आइरहेका छन् । उनले फ्यानका लागि भनेर 'अफिसियल : निखिल उप्रेती' नामको फेसबुक लाइक पेज खोलेका छन् ।
निखिलले आफ्नो आधिकारीक फेसबुक एकाउन्टमा अहिले आफ्ना तश्वीरहरु पोस्ट गरिरहेका छन् । अब उनले आफ्ना फ्यानहरुसँग जोडिन र फेक आइडीको झमेलाबाट छुटकारा पाउनेछन् । यस वर्ष निखिल अभिनित फिल्म 'राधे' र 'रुद्र' प्रदर्शनमा आएका थिए । हाल उनी आफ्नो अभिनय र निर्देशनमा निर्माण भैरहेको फिल्म 'कमिटमेन्ट : सिक्स्टी आवर्स'को काममा व्यस्त छन् ।

