Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सर्वाधिक कमाई गर्ने अभिनेत्री बनिन् एमा

एजेन्सी, अमेरिका, 2017/08/19
 
फोर्ब्सले ६ ओस्कार अवार्ड विजेता एमा स्टोनलाई सर्वाधिक कमाई गर्ने अभिनेत्रीको पहिलो सूचीमा राखेको छ । उनले जेनिफर लरेन्सलाई पछाडि छाड्दै पहिलो स्थान हासिल गरेकी हुन् । २०१५ र २०१६ मा जेनिफर सर्वाधिक कमाई गर्ने नायिकाको पहिलो नम्बरमा थिइन् । वेबसाइट व्यारायटी डटकमका अनुसार, स्टोनले फिल्म 'ला ला ल्यान्ड'बाट २.६ करोड डलरको कमाई गरेकी थिइन् । 
 
२.५५ करोड डलरको कमाई गरेकी जेनिफर एनिस्टन दोस्रो स्थानमा छिन् । लरेन्स २.४ करोड डलरको कमाई गर्दै यस वर्ष यो मामलामा पछाडि धकलिएर तेस्रो स्थानमा पुगेकी छिन् । यो २०१६ को उनको कमाईभन्दा करीब आधा हो । 
 
गएको वर्ष यो सूचीमा बलीउड अभिनेत्री दीपिका पादुकोण १० औं स्थानमा थिइन् तर यस वर्ष उनी सर्वाधिक कमाई गर्ने नायिकाको सूचीबाट बाहिरिएकी छिन् ।  
 
Most Visited News (monthly)