Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सर्‍यो भाद्र ८ बाट साम्राज्ञीको 'तिमीसँग'

फिल्मीखबर, काठमाण्डौ, 2017/08/18
 
टीजर र दुई गीत सार्वजनिक गर्दै निर्माण पक्षले फिल्म 'तिमीसँग' को रिलिज भाद्र ८ गतेलाई फाइनल गरेको थियो । यसअघि यो मितिमा अनमोल केसी अभिनित फिल्म 'कृ' रिलिज हुने कुरा थियो तर छायाँकन लम्बिएपछि यो मितिमा अन्य ५ फिल्मले रिलिज फाइनल गरे । 
 
सौगात मल्ल अभिनित 'झ्यानाकुटी', साम्राज्ञी अभिनित 'तिमीसँग', जय किशन बस्नेत अभिनित 'धूम २', शिल्पा पोखरेल अभिनित 'हामी शरणार्थी' र बाबु बोगटी र हेमन्त बुढाथोकी अभिनित फिल्म 'देश खोज्दै जाँदा'ले भाद्र ८ गतेलाई रिलिज फाइनल गरेका थिए । भाद्र ८ बाट हात झिक्दै 'झ्यानाकुटी'ले कात्तिक १७ लाई रिलिज कन्फर्म गरेको छ भने साम्राज्ञी अभिनित फिल्म 'तिमीसँग'को पनि रिलिज पोष्टपोन्ड भएको छ । 
 
'तिमीसँग'को रिलिज पोष्टपोन्ड हुनुको मुख्य कारण फिल्म 'ए मेरो हजुर २' मानिएको छ । साम्राज्ञी अभिनित यस वर्षको प्रतिक्षित फिल्म 'ए मेरो हजुर २' भाद्र १६ गतेबाट प्रदर्शनमा आउँदैछ । 'तिमीसँग' रिलिजको एक हप्तापछि एउटै नायिका अभिनित फिल्म 'ए मेरो हजुर २' रिलिज हुने भएपछि आपसी समझदारीमा 'तिमीसँग'को रिलिज पोष्टपोन्ड भएको खबर छ । 
 
'तिमीसँग' को नयाँ रिलिज डेट कन्फर्म गरिएको छैन् । स्रोतका अनुसार, फिल्मलाई कात्तिक २४ गते प्रदर्शन गर्ने तयारी भैरहेको छ । यस विषयमा 'तिमीसँग' का निर्देशक तथा निर्माता शिशिर राणासँग बुझ्न खोज्दा फोनसम्पर्क हुन सकेन ।
 
'तिमीसँग' र 'झ्यानाकुटी'ले भाद्र ८ गतेबाट हात झिकेपछि अब यो मितिमा तीन फिल्मको भिडन्त हुनेछ । भाद्र ८ गते 'धूम २', 'हामी शरणार्थी' र 'देश खोज्दै जाँदा' प्रदर्शनमा आउँदैछन् । 
Most Visited News (monthly)