
दयाहाङ राईको प्रमुख भूमिका रहेको फिल्म 'नीरफूल'को औपचारिक निर्माण घोषणा भएको छ । रेखा थापाको केमियो रहने फिल्मले भूकम्पको कथा बोल्नेछ । ६० प्रतिशत छायाँकन सम्पन्न भएपछि निर्माण टिमले फिल्मको विषयमा मिडियालाई जानकारी दिएको हो ।
फूलमान बल निर्देशित यो फिल्ममा दया र रेखाका अलावा शान्ति वाइवा, जिग्मे छ्योकी, राजन खतिवडा, पुस्कर गरुङ लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहेको छ । पहिलो पटक ठूलो पर्दामा रेखा र दयाहाङले स्क्रिन शेयर गरेका छन् । निर्देशक बलले भूकम्पसँगै कसरी राजनीति र भ्रष्टचारले पनि जनधनको क्षति गरेको थियो भन्ने कथामा फिल्म निर्माण भएको जानकारी दिए ।
सेलो प्रोडक्शनको प्रस्तुती रहेको चलचित्रमा माया केसी, चन्द्र माया तामाङ, दिनेश श्रेष्ठ, उदय लामा र दिनेश लम्तरी मगरको संयुक्त लगानी रहेको छ।

