Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

'पञ्जेबाजा'मा सौगात भिलेन

फिल्मीखबर, काठमाण्डौ, 2017/08/17
 
नायक सौगात मल्लको घरमा 'पञ्जेबाजा' बज्ने भएको छ । तर, रियलमा होइन रिलमा । सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म 'पञ्जेबाजा'को बिहीवार राजधानीमा एक कार्यक्रमका शुभ मुहूर्त गरिएको छ । काठमाण्डौको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । 
 
निउ भेनस फिल्मस्को प्रस्तुतीमा बन्न लागेको यो फिल्ममा सौगात मल्ल, कर्मा, जस्मिन श्रेष्ठ र श्रृजना सुब्बाको मुख्य भूमिका हुनेछ । एक गाउँको कथामा पञ्चेबाजा निर्माण हुन लागेको फिल्मका निर्देशक घनश्याम लामिछानेले जानकारी दिए । 
 
राजेश शाहीको लगानीमा निर्माण हुने फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद छ भने कालिप्रसाद बाँस्कोटा र विकास चौधरीको संगीत रहनेछ । निर्देशक लामिछानेका अनुसार, कर्मा र जस्मिनको प्रेममा सौगात भिलेन बनेर प्रस्तुत हुनेछन् । 
Most Visited News (monthly)