मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संयम र आश्माको झाँगिदो प्रेम

फिल्मीखबर, काठमाण्डौ, 2017/08/17
गसिप बजारमा कलाकारका प्रेम र विछोडका खबरहरु बारम्बार आइरहन्छन् । कलाकारहरु सम्बन्धमा रहेका र जोडिएका खबर गसिप बजारमा छाउनु कुनै नौलो कुरा होइन । यस्तै, प्रेममा चुर्लुम्म डुबेको एक प्रेम जोडी हो नायक संयम पुरी र नायिका आश्मा दाहाल । लामो समयदेखि यो जोडी प्रेम सम्बन्धमा छन् । 
 
केही महिना अगाडि यी दुईको ब्रेकअपको खबर पनि बाहिरिएको थियो तर अहिलेपनि एकसाथ सार्वजनिक कार्यक्रममा पुग्नुले उनीहरुको प्रेम झन झाँगिदै गएको स्पष्ट हुन्छ । बुधवार राजधानीमा फिल्म 'ग्याङ्गस्टर ब्लूज'को प्रिमियर राखिएको थियो । यो फिल्ममा संयमको मुख्य भूमिका छ । प्रिमियरमा संयमको हात समात्दै आश्मा पनि पुगेकी थिइन् । मिडियाका अगाडि यो जोडीले निर्धक्क पोज-पोजका तश्वीर खिचाए । 
 
फिल्म ‘आभाष’ र  नाईं नभन्नू ल ३ मा एकसाथ काम गरेको यो जोडी ‘सायद’ फिल्म प्रदर्शन भएपछि नजिक भएको हो । निर्देशक नारायण पुरीका छोरा संयम र निर्माता प्रदीप दाहालकी छोरी आश्माको जोडीलाई दर्शकहरुले रिल र रियल दुवैमा खुबै मन पराएका छन् ।
 
एकपछि अर्को फिल्म असफल हुँदा संयम आफ्नो करिअर सुरक्षित गर्ने दौडमा छन् भने आश्मा आफ्नो करिअर अगाडि बढाउने एउटा हिट फिल्म खोजिरहेकी छिन् । २ वर्षदेखि आश्माले कुनै पनि फिल्म साइन गरेकी छैनन् । यस्तै, संयमको यस वर्ष 'रातो घर' र यही शुक्रवारबाट 'ग्याङ्गस्टर ब्लूज' रिलिज हुँदैछ । हाइटका कारण संयमलाई नायकको छवि बनाउन निकै मुश्किल परिरहेको छ ।