मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१४ लाखको 'तिमी रोएको पल'

फिल्मीखबर, काठमाण्डौ, 2017/08/17
 
पछिल्लो समय नेपाली फिल्मको गीतसंगीतलाई पनि मेकरले निकै दुखका साथ तयार पार्न थालेका छन् । यसलाई पछिल्लो समय सार्वजनिक ‘ऐश्वर्य’ फिल्ममा समावेश 'तिमी रोएको पल' ले पनि प्रमाणित गर्छ । मेकरहरु अब सम्झौता नगरी दर्शकलाई उत्कृष्ट काम देखाउन खोज्छन भन्ने एउटा उदाहरण पनि हो यो । 
 
युट्युबमा निकै रुचाइएको 'तिमी रोएको पल' लाई १० लाख 'भ्यू' पुगिसकेको छ । पोखरा तथा मुस्ताङको रमणीय दृश्यमा छायाँकन गरिएको गीतको भिडियोमा रमेश उप्रेती र दीपिका प्रसाई फिचरिङ छन् । अर्जुन पोखरेलको शब्द संगीत रहेको गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर सुन्न सकिन्छ । 
 
पछिल्लो समय फिल्म मेकर्स गीतका लागि महँगो बजेट छुट्याउने गर्छन् । ‘ऐश्वर्य’को 'तिमी रोएको पल' खिच्न पनि १४ लाखको बजेटमा तयार भएको फिल्मका निर्माता तथा नायक रमेश उप्रेतीले जानकारी दिए । फिल्मीखबर डटकमसँग कुराकानी गर्दै उनले भने, 'हामीले 'तिमी रोएको पल' खिच्न निकै मिहिनेत गरेका थियौं । गीतमात्र होइन हामीले फिल्म पनि उतिक्कै मिहिनेत गरेर निर्माण गरेका छौं । 'तिमी रोएको पल' खिच्न मात्र १४ लाख खर्च भयो । अर्जुन पोखरेलको अर्को गीत पनि १५ लाखभन्दा बढीको खर्चमा तयार हुँदैछ । फिल्म तयार हुँदासम्म २ करोड भेट्ने छाँटकाट देखिएको छ ।'
 
‘तिमि रोएको पल’ को भिडियो गीत हेर्नुस् :
 

 

उनले पहिलो पटक निर्माता हुँदाको अनुभव पनि सुनाए । उनले अगाडि भने, 'मलाई पहिला धेरैले निर्मातालाई दुःख दिने निर्माता भन्नुहुन्थ्यो । मैले अन्जानमा निर्माताहरुलाई दुःख पनि दिए होला । त्यसबेला मलाई लाग्थ्यो फिल्म निर्माण गर्न गाह्रो हुन्न तर जब मैले ‘ऐश्वर्य’ बनाएँ तब थाहा भयो फिल्म निर्माणमा जस्तो दुःख अरु कुनैपनि हुँदैन । निकै दुःख गरेर ऐश्वर्य निर्माण गरेका छौं ।' 
 
फिल्ममा किरण राणा उप्रेती र अर्जुन श्रेष्ठ निर्माता रहेका छन् भने निर्मल शर्मा सह-निर्माता रहेका छन् । फिल्ममा सम्पादन दिर्घ खड्का , संगीत अर्जुन पोखरेल र बिराज गौतम , कलर राजेन्द्र मोक्तान , द्वन्द हिमाल केसीको रहेको छ । 
 
फिल्ममा रमेश र दीपिकासंगै केकी अधिकारी , प्रशान्त ताम्राकार , केशव भट्टराई , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेन्जु योन्जन , अर्जुन जंग शाही , सुनिता ठाकुर लगायतको अभिनय रहेको छ । दीवाकर भट्टराईले निर्देशन गरेको यो फिल्म आउँदो कार्तिक २ बाट रिलिज हुँदैछ ।