मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रिमियरमा 'ग्याङ्गस्टर ब्लूज' लाई उत्कृष्ट प्रतिक्रिया

फिल्मीखबर, काठमाण्डौ, 2017/08/17
 
शुक्रवारबाट देशभरका हलहरुमा प्रदर्शन हुन लागेको फिल्म 'ग्याङ्गस्टर ब्लूज'को बुधवार भव्य प्रिमियर काठमाडौंको केएल टावरमा रहेको एफक्यूवमा गरिएको छ । चलचित्रकर्मी, पत्रकारहरुको बाक्लो उपस्थितीमा फिल्मको प्रिमियर गरियो । 
 
 
प्रिमियरमा पुगेका अधिकांशले फिल्म उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । हेमराज वीसी निर्मित तथा निर्देशित फिल्मको कथावस्तु, प्रस्तुती, ब्याकग्राउन्ड म्यूजिक, गीत संगीतलाई रुचाइएको छ । फिल्मका मुख्य कलाकार आशिरमान देशराज श्रेष्ठ र आना शर्माको केमेष्ट्रीले पनि राम्रो प्रशंसा पाएको छ ।
 
 
यस्तै, संयम पुरी, प्रमोद अग्रहरी, रोजिशा शाही ठकुरी लगायतका कलाकारहरुको पनि कामको तारिफ भयो । नायिका प्रियंका कार्की, नायक आयुष्मान देशराज श्रेष्ठ, नायिका सुरविना कार्की, नायिका रिमा विश्वकर्मा, नायिका आश्मा डिसी, मिस नेपाल नीकिता चन्दक लगायत 'ग्याङ्गस्टर ब्लूज' हेर्न हलमा पुगेका थिए ।
 
 
प्रिमियरमा बाढीबाट पीडितका लागि ग्याङ्गस्टर ब्लूज टिमले १ लाख नगद सहयोग गर्ने घोषणा गरेको छ । यस्तै, शुक्रवार पोखरामा हुन लागेको च्यारिटीबाट संकलन भएको सम्पुर्ण रकम बाढी पीडितलाई प्रदान गरिने फिल्मका निर्माता सरोज न्यौपानेले जानकारी दिए । 
 
 
लगातार एकपछि अर्को सफल फिल्म पस्किरहेका निर्देशक हेमराज वीसीले निर्देशन गरेको नयाँ फिल्म 'ग्याङ्गस्टर ब्लूज'का कार्यकारी निर्माता मनिष पण्डित हुन् भने फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।
 
तश्वीर : विवेक बस्याल