मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र पत्रकार संघद्धारा रक्तदान कार्यक्रम

फिल्मीखबर, काठमाण्डौ, 2017/08/16
 
चलचित्र पत्रकार संघ, नेपालले बाढीबाट प्रभावित भएका जनताका लागि खुल्ला रक्तदान कार्यक्रमका आयोजना गरेको छ । बुधवार राजधानीको अनामनगरमा रहेको गोर्खा चोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ८१ जना भन्दा बढी चलचित्र पत्रकार, चलचित्रकर्मी र स्थानीयले रगत दान गरे । 
 
३२ जना बढीले भने विभिन्न स्वास्थ्य सम्बन्धि समस्याका कारण रक्तदान गर्न नसकेको पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले जानकारी दिए । उनले भने, 'चलचित्र पत्रकार संघ, नेपालको इतिहासमा नै पहिलो पटक आयोजना गरिएको रक्तदान कार्यक्रम उल्लासजनक रुपमा सम्पन्न भएको छ । तराई क्षेत्रमा बाढीका कारण घाईते भएका जनताका लागि हामीले रक्तदान कार्यक्रमको आयोजना गरेका हौं ।'
 
 
रक्तदान कार्यक्रममा 'लुट' निर्माता माधव वाग्ले, फिल्म 'प्रेमगीत २' को टिम, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय, फिल्म 'भूईमान्छे'को टिम, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । 
 
चलचित्र पत्रकार संघ, नेपालले आयोजना गरेको रक्तदान कार्यक्रमको सफलताको कामना गर्दै गोपीकृष्ण टिभी फिल्मीकी अध्यक्ष नीकिता पौडेलले १० हजार नगद पनि सहयोग गरेकी थिइन् ।