Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

अक्षयको फिल्मले कमायो ५ दिनमा ८० करोड

एजेन्सी, मुम्बई, 2017/08/16
 
बलीउड स्टार अक्षय कुमार र भूमि पेडनेकरको फिल्म ‘ट्वाईलेट : एक प्रेम कथा’को कमाई दिन प्रतिदिन बढ्दै गएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले ट्विट गर्दै फिल्मको विकेन्ड कमाई ५० करोड ग्रस रहेको जानकारी दिएका थिए । प्रदर्शनको पहिलो दिन १३.१०, दोस्रो दिन १७.१०, तेस्रो दिन २१.२५, चौँथो दिन १२ र पाँचौँ दिन २० करोडको विजनेश गरेको छ । 
 
फिल्मले भारतबाट मात्र प्रदर्शनको पाँच दिनसम्ममा कूल ८३.४५ करोडको विजनेश गरेको छ । संभवत यो शुक्रवारसम्ममा फिल्मले सय करोडको आँकडा पार गर्नेछ । तरण आदर्शले ट्विटमा लेखेका छन्, '‘ट्वाईलेट : एक प्रेम कथा’ले विरामीमा चलिरहेको फिल्म इन्डस्ट्रीमा सास हाल्ने काम गरेको छ । बलीउडको नराम्रो दिन फाइनली सकिएको छ ।' यो फिल्म प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ भारत अभियानमा बनेको हो । 
 
‘ट्वाईलेट : एक प्रेम कथा’लाई नारायण सिंहले निर्देशन गरेका हुन् । अक्षय कुमार, भूमि पेडनेकर, अनुपम खेर, सना खान लगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको फिल्मको कथा र पटकथा सिद्धार्थ-गरिमाले लेखेका हुन् । 
Most Visited News (monthly)