मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रिमियरमा ‘भूइँमान्छे’को तारिफ

फिल्मीखबर, काठमाण्डौ, 2017/08/16
 
शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘भूइँमान्छे’को मंगलवार राजधानीको विग मुभिजमा रेड कार्पेट प्रिमियर गरिएको छ । २ सय बढी व्यक्तिहरु उपस्थित रहेको प्रिमियरमा फिल्मका मुख्य कलाकार रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सहिन प्रजापतिसँगै निर्देशक-निर्माताको पनि उपस्थिती थियो । मान्छे चिर्ने व्यक्तिको मनोविज्ञानमा आधारित भएर निर्माण भएको फिल्मले प्रेमको पाटो पनि कोट्याएको छ । फिल्ममा रमेश बुढाथोकी र सिपोराको प्रेम निकै रोचक छ । 
 
प्रिमियरमा उपस्थित चलचित्रकर्मीहरुले ‘भूइँमान्छे’ उत्कृष्ट बनेको प्रतिक्रिया दिए । कलाकारको अभिनयदेखि निर्देकीय पक्षलाई दर्शकहरुले निकै रुचाएका थिए । नेपाली कांग्रेसका नेता महेश आचार्यले ‘भूइँमान्छे’को कथावस्तुले मन छोएको बताए । 
 
फिल्म ‘भूइँमान्छे’मा रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सहिनप्रजापति, बादल भट्ट, सशांकबोहोरा, रामबाबु रेग्मी, रोहिणी भट्टराई लगायतको अभिनय रहेको छ । यस फिल्मलाई रोहिणी भट्टराई, निरुपा राज्यलक्ष्मी थापा, हरि यादव लगायतले निर्माण गरेका हुन । नवराज बुढाथोकीले फिल्म निर्देशन गरेका हुन् ।