Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाढी पीडितका लागि 'दुई रुपैयाँ'को अभियान सुरु

फिल्मीखबर, काठमाण्डौ, 2017/08/15
 
हाल तराईमा अविरल वर्षा तथा बाढीका कारण जनधनको क्षति बढ्दो क्रममा छ । न्यानो लुगा, खानलाई पानी, औषधि, र बस्नका लागि स्थानको पनि कमि हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै फिल्म निर्माण कम्पनिहरू जि टु वान पिक्चर्स र ब्ल्याक हर्स पिक्चर्सले आफ्नो सहयोगको हात अगाडि बढाएका छन् । मोबाइल र इन्टरनेटबाट नै सजिलै पैसा आदान–प्रदान गर्न सकिने इ–सेवा कम्पनिसँग सहकार्य गरी निर्देशक द्वय निश्चल बस्नेत र आशिफ शाहले यो अभियान सुरु गरेका हुन् ।
 
अभियानमा दुबै निर्देशक र कलाकारहरूले नगद ५०–५० हजारको सहयोग प्रदान गरेका छन् । यस्तै, सहयोग गर्ने कम्पनि इ–सेवाले पनि २ लाख नगद योगदान गरेको छ भने इ–सेवाका कर्मचारीहरूको तर्फबाट १ लाख ५१ हजार  नगद सहयोग जुटेको छ । बाढी पीडितका लागि जम्मा भएको ४ लाख ५१ हजारबाट अभियानको सुरुवात भएको निर्देशक आशिफ शाहले जानकारी दिए । 
यो अभियानका बारेमा कलाकार निश्चल बस्नेतले भने, “अहिले तराईको भूभागको अवस्था यस्तो भएको बेलामा सकेसम्म आफू नै त्यहाँ पुगेर नै सहयोग गर्नु ठूलो हो । तर त्यहाँ पुग्न नसकिएको खण्डमा पनि हाम्रो यो अभियानले घर–घरबाट सहयोग गर्न चाहनेलाई सजिलो बनाइदिन सक्छ ।“
 
यस्तै, कलाकार आशिफ शाह भन्छन्, “यो अभियानका लागि उठाइएको रकम हामीले कुनै पनि प्रशासनिक कार्यका लागि प्रयोग गर्ने छैनौ र सम्पूर्ण राहतको कार्यमा नै प्रयोग गर्नेछौँ । यो अभियानको पारदर्शिताका लागि योगदान गरिएको रकम पूरा नै इ–सेवाको डोनेसन खण्डमा हेर्न पनि सकिनेछ ।“ निश्चल र आशिफ अभिनित फिल्म 'दुई रुपैयाँ' भाद्र १६ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मको 'कुटुमा कुटु' बोलको गीत अहिले निकै चर्चामा छ । 
 
बाढी पीडितको सहयोगार्थ फिल्म 'दुई रुपैयाँ' टिमको यो अभिनयमा साथ दिन चाहनेहरुले भिडियो हेर्नुस् :-
 
Most Visited News (monthly)