मिति : २०८१ वैशाख ५, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आशिरमान जेन्टलम्यान : आना

फिल्मीखबर, काठमाण्डौ, 2017/08/15
 
लगभग ३ वर्ष अगाडि प्रदर्शनमा आएको अनमोल केसी अभिनित फिल्म 'जेरी'बाट नेपाली रजतपटमा भित्रिएकी नायिका आना शर्माले भाद्र २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'ग्याङ्गस्टर ब्लूज'मा मुख्य भूमिका निर्वाहा गरेकी छिन् । फिल्मको गीतसंगीत र ट्रेलरबाट आना र नव-नायक आशिरमान देशराज श्रेष्ठको जोडीलाई अहिले दर्शकहरुले निकै रुचाइरहेका छन् । 
 
फिल्मीखबर डटकमसँगको कुराकानीको क्रममा नायिका आना शर्माले 'ग्याङ्गस्टर ब्लूज'मा काम गर्नु आफ्नो लागि च्यालेन्जिङ् रहेको बताइन् । उनले भनिन्, 'जेरीमा अधिकांश कलाकारहरु नयाँ हुनुहुन्थ्यो । 'ग्याङ्गस्टर ब्लूज'मा मेरो भूमिका, मेरो ल्याङ्वेज र धेरै को-स्टारहरु थिएटरका हुनुहुन्थ्यो । उहाँहरुबाट मैले धेरै सिक्ने मौका पाएँ ।'
 
उनले अगाडि थप्दै भनिन्, 'मेरो पहिलो फिल्म लभस्टोरी थियो दोस्रो फिल्म कम्प्लिट ग्याङ्गस्टर र एक्सन भएका कारण यो फिल्म गर्न धेरै नै च्यालेन्जिङ् थियो । दोस्रो फिल्मबाट मैले धेरै सिकेँ ।' उनले आफ्नो को-एक्टर आशिरमानको तारिफ गर्न पनि छुटाइनन् । 
 
उनले आशिरमान आफूलाई जेन्टलम्यान लाग्ने बताइन् । उनले भनिन्, 'मैले नेपाली फिल्म इन्डष्ट्रीमा यस्तो ट्यालेन्टेड व्यक्ति देखेको छैन । कामप्रति आशिरमान निकै लगनशिल छ । उसले नेपाली फिल्म इन्डष्ट्रीमा धेरै राम्रो गर्छ ।'
 
'ग्याङ्गस्टर ब्लूज'को ट्रेलर हेर्नुस् :-
 
 
'ग्याङस्टार ब्लुज'मा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् । लगातार एकपछि अर्को सफल फिल्म पस्किरहेका निर्देशक हेमराज वीसी यो फिल्मका निर्देशक हुन् ।