मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रिलिज अगाडि नै '२.०' ले कमायो सय करोड

एजेन्सी, मुम्बई, 2017/08/15
 
सूपर स्टार रजनीकान्त र अक्षय कुमारको फिल्म फिल्म '२.०' को यतिबेला ब्यग्र प्रतिक्षा भैरहेको छ । पहिला यो फिल्म दिपावलीमा प्रदर्शनमा आउने कन्फर्म भएको थियो तर भीएफएक्स वर्कमा ६ महिनाभन्दा बढी लाग्ने भएपछि फिल्मको रिलिज पोस्टपोन्ड भएको छ ।  यो फिल्मले रिलिज अगाडि नै ११० करोड कमाई गरिसकेको छ । 
 
फिल्मको स्याटेलाइट राइट्स जी नेटवर्कले खरीद गरेको छ । यो फिल्मको बजेट बलीउडको अहिलेसम्मकै सबैभन्दा महँगो हो । फिल्म निर्माणमा ४ सय करोड खर्च भएको छ । यो फिल्ममा अक्षय कुमार भिलेनको भूमिकामा छन् भने रजनीकान्त फिल्ममा हिरोको भूमिकामा छन् । 
 
फिल्मको तेलंगाना र आन्ध्र प्रदेशको डिस्ट्रीब्यूशन राइट्स द ग्लोबल सिनेमाले खरीद गरिसकेको छ ।  फिल्मको बजेट जस्तै प्रमोशनमा पनि निकै मोटो रकम छुट्याइएको छ । फिल्मको प्रमोशनका लागि मेकर्सले १५० करोड छुट्याएको छ । फिल्मलाई एस.शंकर केले निर्देशन गरेका हुन् ।