मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'एकलव्य'को मुहूर्त

फिल्मीखबर, काठमाण्डौ, 2017/08/14
 
नेपाली फिल्म 'एकलव्य'को मुहूर्त गरिएको छ । सोमवार कोटेश्वरको महादेव मन्दिरमा भोलीबाट छायाँकन सुरु गर्ने गरि फिल्मको शुभ मुहूर्त गरिएको हो । चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दिप सापकोटाले क्ल्याप ठोक्दै फिल्मको औपचारिक मुहूर्त गरे । 
 
अनमोल शर्माले निर्देशन गर्न लागेको यो फिल्ममा सोनम थापा, पुष्कर राउत, विराट लोगन, महिमा सिलवाल, ओसिम भट्राई, उमेश खड्का, शुशील पोखरेल, सुष्मा कार्की लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । फिल्मको मुहूर्त कार्यक्रममा बोल्दै निर्देशक अनमोल शर्माले 'एकलव्य'ले नेपाली समाजमा घटिरहेको घट्ना बोल्ने बताए ।  
 
 
राजन दुलाल, प्रविन श्रेष्ठ र अभि थापाको लगानीमा निर्माण हुने फिल्म 'एकलव्य' एक महिनासम्म खिचिने निर्देशक अनमोल शर्माले जानकारी दिए । फिल्मको गीत सुटिङ भने सैलुङमा खिचिने छ । बसन्त सापकोटा र राजेन्द्र बजगाईको संगीत रहेको फिल्ममा कृष्ण श्रेष्ठले खिच्नेछन् । एक्सन र कमेडी भनिएको फिल्म 'एकलव्य'मा शंकर महर्जनको द्धन्द्ध रहने छ ।