Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाढी पीडितलाई स्वेताको १ लाख सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2017/08/14
 
शुक्रबारदेखिको अबिरल वर्षाका कारण देशका विभिन्न भाग डुवानमा परेका छन् । त्यसैगरी अबिरल वर्षाकै कारण विभिन्न स्थानमा पहिरो गएको छ । गृह मन्त्रालयका अनुसार सुनसरी, झापा, सिन्धुली, मोरङ, बाँके, पाँचथर, बारा, सर्लाही, दाङ, पाल्पा, बर्दियामा बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या बढिरहेको छ । 
 
बाढीका कारण तराईका धेरै जिल्लाहरु डुवानमा परेका छन् । हजारौँ प्रभावित भएका छन् । बाढीबाट प्रभावित भएका जनतका लागि अहिले राहत संकलनको काम तिव्र रुपमा भैरहेको छ  । सिताराम कट्टेल (धुर्मुस) खाद्यन्न, लत्ता-कपडादेखि औषधी बोकेर तराईका बाढी प्रभावित क्षेत्रमा पुगिसकेका छन् भने विभिन्न कलाकारहरुले व्यक्तिगत र संस्थागत सहयोग पनि गरिरहेका छन् । यस्तैमा, नायिका स्वेता खड्काले पनि बाढी पीडितका लागि आर्थिक सहयोग घोषणा गरेकी छिन् । 
 
श्रीकृष्ण जन्मअष्टमीको अवसरमा आफ्नो लगानी र अभिनयमा निर्माण हुन लागेको फिल्म 'कान्छी'को घोषणा कार्यक्रममा उनले बाढी पीडितका लागि १ लाख ५ हजार सहयोग गर्ने बचन दिएकी छन् । यो रकम चलचित्र निर्माता संघले स्थापन गर्ने लागेको बाढी पीडित कोषमा जम्मा हुनेछ । स्वेताले आर्थिक सहयोग घोषणा गर्दै भनिन्, 'मलाई ठूलो इच्छा थियो बाढी प्रभावित ठाउँमा गएर आर्थिक र मानविय सहयोग गर्ने तर फिल्म 'कान्छी'को छायाँकन पनि तत्काल सुरु गर्नु पर्ने भएका कारण मैले १ लाख ५ हजार सहयोग गर्ने घोषणा गरेकी हुँ ।' 
 
स्वेतासँगै पूजा शर्माले १ लाख, दीपकराज गिरीले १ लाख, दीपाश्री निरौलाले ५१ हजार, प्रियंका कार्कीले ५१ हजार, चलचित्र कलाकार संघले ५१ हजार, भद्रगोल टिमबाट ५१ हजार, हास्य कलाकार निर्मल शर्माले १० हजार लगायतले आर्थिक सहयोग घोषणा गर्ने क्रम जारी छ । 
 
भिडियो हेर्नुस् :-
 

Most Visited News (monthly)