मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दयाहाङकी ‘कान्छी’ स्वेता, नम्रताको ठाउँमा अनु

फिल्मीखबर, काठमाण्डौ, 2017/08/14
 
गएको वर्षदेखि नै फिल्म ‘कान्छी’ निर्माण हुने खबर बाहिरिएपनि अन्ततः अब भाद्र २ गतेबाट फिल्म फ्लोरमा जाने भएको छ । सोमवार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्म ‘कान्छी’को औपचारिक निर्माण घोषणा गरियो । आकाश अधिकारीले निर्देशन गर्ने यो फिल्ममा स्वेता खड्का र दयाहाङ राईको मुख्य भूमिका रहनेछ । श्रीमान तथा नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि स्वेताले ‘कान्छी’बाट फिल्ममा कमब्याक गर्न लागेकी हुन् । 
 
फिल्मको निर्माण घोषणा कार्यक्रममा बोल्दै निर्देशक आकाश अधिकारीले ‘कान्छी’ विशुद्ध नेपालीपन बोकेको फिल्म रहेको बताए । उनले भने, 'गाउँमा अहिले अधिकांश युवायुवतीहरु विदेश पलायन हुँदा मलामी जाने मानिस पनि छैनन् । फिल्मले वैदेशिक रोजगारीको कथासँगै गाउँमा कान्छीले भोग्नु परेको दुःख बोल्नेछ ।' यसअघि आकाश अधिकारीले स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ अभिनित फिल्म 'कोहिनूर' निर्देशन गरेका थिए । 
 
 
स्वेता खड्का फिल्मकी निर्मात्री हुन् । फिल्मको कथा नै स्वेताको वरिपरि घुम्नेछ । मुस्ताङमा ३५ दिन खिचिने फिल्मको सुटिङ सेड्यूल ४५ दिनको रहेको छ । स्वेताले आफूले पहिलो पटक फिल्म निर्माणमा हात हालेका कारण सबैको साथ र सहयोग मिल्नेमा विश्वस्त रहेको बताइन् । फिल्मलाई माघ २६ गते प्रदर्शनमा ल्याइने फिल्म युनिटको तयारी छ । 
 
पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा शम्भुजित बास्कोटा, अर्जुन पोखरेल, राजनराज सिवाकोटीको संगीत, बसन्त श्रेष्ठको नृत्य निर्देशन रहनेछ । फिल्ममा स्वेता र दयाका अलावा अनु शाह, भूमिका श्रेष्ठ, नीर शाह, प्रज्वल सुरज गिरीको पनि मुख्य भूमिका रहनेछ । यसअघि अनुको ठाउँमा नम्रता सापकोटा फाइनल भएकी थिइन् तर फिल्म 'समर लभ'का कारण उनले यो फिल्म छाडेकी थिइन् । 
 
भिडियो हेर्नुस् :-