Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सिड्नीमा हाउसफूल 'ग्याङ्गस्टर ब्लूज'

फिल्मीखबर, काठमाण्डौ, 2017/08/14
 
लगातार एकपछि अर्को सफल फिल्म पस्किरहेका निर्देशक हेमराज वीसीले निर्देशन गरेको नयाँ फिल्म 'ग्याङ्गस्टर ब्लूज'को नेपाल प्रदर्शन अगावै अष्ट्रेलियाको सिड्नीमा आईतबार भब्य प्रिमियर गरिएको छ । नेपालमा भाद्र २ गतेबाट प्रदर्शनमा आउन लागेको 'ग्याङ्गस्टर ब्लूज'को सिड्नी प्रिमियरमा २ सय बढी दर्शकहरु सहभागी थिए । 
 
प्रिमियरमा सिट क्षमताभन्दा बढी दर्शक उपस्थित भएपछि केहीले उभिएर समेत फिल्म हेरेका थिए । फिल्मको प्रिमियर ड्रिम हाईट र रकडेल ब्वाईजले आयोजना गरेको हो । 'ग्याङ्गस्टर ब्लूज' हेरेपछि प्रिमियरमा उपस्थित दर्शकहरुले समय र टिकटको मुल्य खेर नगएको प्रतिक्रिया दिएका छन् ।  
 
'ग्याङ्गस्टर ब्लूज'मा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।
Most Visited News (monthly)