मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रुचाइयो ‘चिरवीर चिरवीर चाँचरी’

फिल्मीखबर, काठमाण्डौ, 2017/08/14
 
पछिल्लो समय एकपछि अर्को हिट गीत पस्किँदै आएका गायक तथा संगीतकार राजनराज शिवाकोटीको अर्को नयाँ गीत ‘चिरवीर चिरवीर चाँचरी’ पनि हिट बनेको छ । कात्तिक २ गते लक्ष्मी पुजाको दिनबाट प्रदर्शनमा आउन लागेको फिल्म 'रुद्रप्रिया'मा समावेश यो गीतलाई युट्युबमा रिलिजको दुई हप्तामा १० लाख बढी भ्यू मिलेको छ । 
 
यो गीत राजनराजको शब्द संगीत र गायनमा तयार भएको हो । यसअघि चलचित्र ‘२ रुपैयाँ’ र ‘कुटुमा कुटु’ को चर्चा सेलाउन नपाउँदै राजनराजको अर्को गीत बाहिर आएको हो । यो गीतलाई राजन इशानले एरेन्ज गरेका हुन् । गायनमा राजनराजलाई मेलिना राई र ग्रीष्मा शिवाकोटीले साथ दिएका छन् ।
 
सञ्जय लामाले आकर्षक तरिकाले भिडियो खिचेका छन् । झण्डै ८ वर्षपछि पर्दामा फर्किएका आर्यन सिग्देल र रेखा थापाको केमेष्ट्री पनि गज्जबको देखिन्छ । गीतका कोरियोग्राफर प्रविन सिंह हुन् ।
 
भिडियो हेर्नुस् :-
 

 

फिल्म ‘रुद्रप्रिया’लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन । फिल्ममा सिवाकोटी सहित सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । 
 
यसअघि लगातार नारीप्रधान फिल्ममा अभिनय गर्दै आइरहेकी नायिका रेखा थापाले ‘रुद्रप्रिया’ पनि नारी प्रधान रहेको बताइन् । रेखा फिल्मसको ब्यानरमा निर्माण भएको रेखा थापा प्रस्तुकर्ता रहेको फिल्म 'रुद्रप्रिया'लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् ।