सौगात मल्ल र प्रियंका कार्की स्टारर फिल्म ‘फाटेको जुत्ता’को टीजर पोष्टर सार्वजनिक भएको छ । कात्तिक १७ गतेलाई रिलिज कन्फर्म गरिएको फिल्मको पोष्टरमा कुनैपनि कलाकारहरु अटेका छैनन् । दर्शकमा कौतुहलता जगाउने पोष्टरमा एउटा मुख बाँधिएको बोरा र फाटेको जुत्ता लगाएका मानिसको खुट्टा मात्र देखाइएको छ ।
यो फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् । ‘जिन्दगी रक्स’ निर्देशन गरेका निकेशको यो दोस्रो फिल्म हो । मधेशको परिवेशमा निर्माण भएको यो फिल्ममा सौगात र प्रियंका दुवै मधेशी चरित्रमा देखिनेछन् । फिल्मका निर्माता अर्जुन कुमार हुन् ।
सौगात र प्रियंकाका अलावा फिल्ममा वुद्धि तामाङ, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।