Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्तो छ सौगात र प्रियंकाको ‘फाटेको जुत्ता’

फिल्मीखबर, काठमाण्डौ, 2017/08/14
 
सौगात मल्ल र प्रियंका कार्की स्टारर फिल्म ‘फाटेको जुत्ता’को टीजर पोष्टर सार्वजनिक भएको छ । कात्तिक १७ गतेलाई रिलिज कन्फर्म गरिएको फिल्मको पोष्टरमा कुनैपनि कलाकारहरु अटेका छैनन् । दर्शकमा कौतुहलता जगाउने पोष्टरमा एउटा मुख बाँधिएको बोरा र फाटेको जुत्ता लगाएका मानिसको खुट्टा मात्र देखाइएको छ । 
 
यो फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् । ‘जिन्दगी रक्स’ निर्देशन गरेका निकेशको यो दोस्रो फिल्म हो । मधेशको परिवेशमा निर्माण भएको यो फिल्ममा सौगात र प्रियंका दुवै मधेशी चरित्रमा देखिनेछन् । फिल्मका निर्माता अर्जुन कुमार हुन् । 
 
सौगात र प्रियंकाका अलावा फिल्ममा वुद्धि तामाङ, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ ।
Most Visited News (monthly)