मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ट्वाईलेट : एक प्रेम कथा’को ३ दिने कलेक्सन ५० करोड

एजेन्सी, मुम्बई, 2017/08/14
 
बलीउड फिल्म ‘ट्वाईलेट : एक प्रेम कथा’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । यसको ३ दिने कलेक्सन पनि सार्वजनिक भएको छ । मार्केट एनालिस्ट तरन आदर्शले ट्वीट गर्दै उल्लेख गरेका छन् कि फिल्मले ३ दिनमा ५०.४५ करोड कलेक्सन गरेको छ । फिल्मले पहिलो दिन १३.१०, दोस्रो दिन १७.१० र तेस्रो दिन २१.२५ करोडको कमाई गरेको छ । 
 
यो फिल्म भारतमा कूल ३ हजार र विदेशमा ५९० स्क्रिनमा रिलिज भएको छ । यही स्थिती बन्यो भने यो फिल्मले रिलिजको एक हप्तामा सय करोड ग्रस विजनेश गर्ने पक्का छ । ‘ट्वाईलेट : एक प्रेम कथा’लाई नारायण सिंहले निर्देशन गरेका हुन् । अक्षय कुमार, भूमि पेडनेकर, अनुपम खेर, सना खान लगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको फिल्मको कथा र पटकथा सिद्धार्थ-गरिमाले लेखेका हुन् ।