मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

‘कबड्डी कबड्डी’सँग जोडिएको सौगातको करियर

फिल्मीखबर, काठमाडौं, 2015/11/23

कलाकार भईसकेपछि उसको स्टारडम र स्टार पावरले ठूलो अर्थ राख्छ । कुनै फिल्मसँग जोडिएको नाम एकाएक हिट हुन्छ, त्यसपश्चात नामले नै दर्शक हलमा तान्छ । तर ‘लुट’ फिल्मबाट दर्शकमाझ परिचित बनेका ‘हाकु काले’ उर्फ सौगात मल्लमा भने यो कुरा लागूु हुन सकेन् । सोही फिल्मबाट डेब्यु गरेका अर्का अभिनेता दयाहाङ राई लगातार जसो हिट भईरहे र उनकै कारण हलमा दर्शक उत्रिएको पाईयो, तर सौगातलाई भाग्यले ठग्यो कि उनको काम दर्शकले बुझ्न सकेनन्, यी अभिनेताले ‘लुट’पछि सफलताको राम्रो स्वाद अहिलेसम्म चाख्न पाएका छैनन् ।


करिब ५ बर्ष पहिले रिलिज भएको ‘लुट’मा हाकु काले बनेका सौगातले त्यसयता धेरै भुमिका परिवर्तन गरेर पर्दामा आए । सच्चा प्रेमीदेखी सडकछाप हुँदै ग्याङ्गस्टार बन्दै भूमिका अनेक बदल्दा पनि उनको जीवनमा ‘लक’ भन्ने कुरा अभिषाप बनेर आयो भन्दा फरक नपर्ला । ‘श्री पाँच अम्बरे’को औसत व्यापार वाहेक उनका कुनै फिल्मले पानी भन्न नपाएको ईतिहास सर्व्विदितै छ ।


त्यसो त फिल्मी बजारमा बहसको विषय बन्ने ‘स्टारडम’को कुरा गर्ने हो भने सौगातमा स्टारडम नभएको कारण नै उनी नचलेका हुन् । कुनै फिल्मको हिट पात्र बाटोमा हिड्दैगर्दा भेटिने दर्शकले समेत ‘हेल्लो’ अनि ‘हाई’ भन्दैनन् अनि एक सेल्फी खिच्नलाई पनि वास्ता गर्दैनन् भने त्यो कलाकारको के ‘स्टारडम’ ? सौगात मामिलामा पनि यही भएको मान्नुपर्छ ।
अर्को तर्फ सौगातलाई फिल्मी दुनियाँमा प्रवेश गराएका निर्देशक निश्चल बस्नेत नै कबड्डीको पहिलो संस्करणमा कलाकार बनेका थिए ।

 

फिल्म चल्यो हिट भयो, उनको अभिनयको पनि चर्चा भयो, तर उनले आफैले पर्दामा ल्याएको कलाकार लगातार फ्लप भएर दया गरे या माया गरे, आफ्नो भूमिका नै सौगातलाई सुम्पे । ‘कबड्डी’ फिल्ममा कतै नसमेटिएका सौगात यसको सिक्वेलमा भने निश्चलको भुमिकालाई टिपटाप गर्दै आउँदैछन् । यदि मंसिर ११ रिलिज यो फिल्म चलेको खण्डमा सौगातको फ्लपको ट्याग हटोस् भन्नकै लागि निश्चलले यो बठ्याईं अपनाएको चर्चा पनि सुरु भएको छ ।


अभिनयको कुरा गर्ने हो भने प्रायः फिल्ममा सौगातको अभिनयको राम्रै चर्चा हुन्छ, तर दर्शकले नपत्याएपछि के गर्ने ? त्यसैले ‘कबड्डी कबड्डी’ पनि चलेन् भने उनको करियर कता जाला ? थिएटरबाट आएका सौगातलाई भाग्यले पनि फिल्ममा अब नआउनु थिएटर मै रमाउनु भनेको त होईन् ? यसको छिनोफानो मंसिर ११ पछि पक्का लाग्नेछ ।