Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

निश्चललाई जिल्याईदिए सन्चारमन्त्रीले !

फिल्मीखबर, काठमाडौं, 2015/11/26
बिहिबार साँझ फिल्म ’कबड्डी कबड्डी’को प्रिमियर भयो । निकै तामझामका साथ ठुलो दर्शक भीड सहित सम्पन्न प्रिमियर शोमा दर्शकले राम्रै प्रतिक्रिया दिए । 
 
रोमाञ्चक कुरा त के भयो भने कार्यक्रम चलाएका निर्देशक निश्चल बस्नेतको कुरो प्रमुख अतिथी बनेका सञ्चार मन्त्री शेरधन राईले लत्याईदिए । जब निश्चलले जान्नी भएर आफुहरुले बनाएको फिल्म हेर्ने आग्रह सुरुमै स्विकार्दै मन्त्रीज्यू फिल्म हेर्न आईदिएको तथा पूरा फिल्म हेरेर मात्र फर्किनुहुनेछ भन्ने ठम्म्याई लिए । 
 
 
मन्त्री राईले भने कसैले फिल्म हेर्न बोलाएर नआएको भन्दै सञ्चार मन्त्रालयको सचिवालयमा पत्र आएपछि फिल्मको कार्यक्रममा पनि पुगौं न त भनेर आएको भन्दै ५ मिनेट मात्र बस्ने भनाइ राखे । जब मन्त्रीले यस्तो भने तब दिएपछि निश्चलको अनुहार कालो निलो भयो । 
 
५ मिनेट जति बोलेका मन्त्रीले फिल्मको सफलताको शुभकामना दिए पनि धेरै समय देशको राजनीतिक अबस्थाको बारेमा खर्चे । सञ्चारमन्त्री राईले देशको अर्थतन्त्रलाई सम्बृद्धीको बाटोमा लैजान फिल्म उद्योगले पनि महत्वपुर्ण भुमिका खेल्ने भन्दै उद्योगलाई व्यवसायिक बनाउन तर्फ लाग्न फिल्मकर्मीहरुलाई आग्रह गरे । 
 
त्यसपश्चात मन्त्री राई फिल्म सुरु नहुँदै आफ्नो मन्तव्य सकाएर बाहिरिए । 
Most Visited News (monthly)