Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`टिचर`ले नकमाएको भए शोभित हुन्थे ठन्डाराम

फिल्मीखबर, काठमाडौं, 2015/11/26
निर्माता तथा निर्देशक शोभित बस्नेतले आफ्नो नयाँ फिल्म 'जाउँ हिड पोखरा' रिलिज गर्न ५ बर्ष लगाए । फिल्मको काम रेड स्टूडियोमै थाती राखेर शोभित 'टिचर' फिल्म बनाउन हानिएका थिए । 
 
'टिचर' ७ लाखमा बनाएर शोभितले देशभर च्यारेटी गरे र राम्रै पैसा सोहोरे । यदि, 'टिचर' नचलेको भए शोभितको आज शुक्रबारबाट रिलिज हुन लागेको फिल्म 'जाउँ हिड पोखरा' अझै रेड स्टूडियोमै अड्कने थियो ।
 
फिल्मको प्रिमियरमा उपस्थित शोभितले 'जाउँ हिड पोखरा'को छायांकन सकिएसँगै पैसा पनि सकिएको खुलाएका छन् । सुटिङ सकिए लगतै पैसा पनि सकिएकाले फिल्म रिलिज गर्न शोभितले नसकेका रहेछन् । पछि 'टिचर' फिल्मबाट कमाएपछि उनले सबै तिरको पैसा तिरेर फिल्म निकाले र रिलिज गरे ।
 
नेपाली फिल्म क्षेत्रमा बाठा मात्रै नभएर ठगीको आरोप पनि खेप्दै आईरहेका निर्माता तथा निर्देशक बस्नेतको 'टिचर' नचलेको भए त करिअर नै ठन्डाराम हुने रहेछ ।
Most Visited News (monthly)