शुक्रबार रिलिज हुने फिल्म ’जाउँ हिँड पोखरा’को बुधवार राजधानीमा प्रिमियर गरिएको छ । सोभित बस्नेत निर्दे्शित यो फिल्म हेर्न फिल्मका कलाकारदेखी अन्य फिल्मकर्मी उपस्थित भए । तर फिल्मले रिभ्यु भने राम्रो पाएन् ।
पुरानो ढर्रामा बनेको फिल्मले प्रिमिरमा नै दर्शकलाई होल्ड गर्न सकेन् । पहिलो हाफ सकिएपछिको ब्रेकसँगै हलमा छिर्दा केहि सिट खाली भईसकेका थिए । एफडी कम्पनिको वितरणसँगै हल धेरै पाउने संभावन देखिएको यो फिल्मले मल्टिप्लेक्समा त अबसर पाउने छैन भने सिंगल थिएटरमा पनि दर्शकलाई होल्ड गर्नेमा शंका देखिएको छ ।
फिल्म हेरिसकेपछि धेरै दर्शकले प्रतिक्रिया दिन पनि खासै उत्तम ठानेनन् । भने २८ औं फिल्मको रुपमा ‘जाउँ हिँड पोखरा’ निर्देशन गरेका सोभितको फिल्मी छलाङ सम्झिँदै जिब्रो काढे । फिल्ममा रेखा थापा र जीवन लुईंटेल लिड रोलमा छन् । फिल्ममा काठमाडौंदेखी जनकपुर, ढल्केबार हुँदै मुग्लिङ्देखी पोखरासम्मका दृश्य समावेश छन् । निर्माण भएको धेरै बर्षपछि मात्रै यो फिल्म पर्दामा आउन लागेको हो ।

