Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सबै अफर बाल, अनुहार देखाउनेले गर्ला कमाल ?

फिल्मीखबर, काठमाडौं, 2015/11/26
बर्षा शिवाकोटी, नेपाली फिल्ममा अभिनेत्रीको रुपमा आफ्नो परिचय दिन संघर्षरत छिन् । ‘नाई नभन्नु ल २’बाट फिल्मी क्षेत्रमा डेब्यु गरेकी यी अभिनेत्री ‘नाई नभन्नु ल’को तेस्रो सिक्वेल रिलिज भईसक्दा पनि फिल्मी पर्दामा भने देखिएकी छैनन् । 
 
यो बीचमा धेरै अफर आएपनि कथा मन नपरेर अस्विकार गरेको बताउने बर्षाले ‘चपली हाईट’ निर्देशक दिपेन्द्र के. खनालको ‘पशुपति प्रसाद’मा भने काम गरिन् ।
 
बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना सहित यो फिल्मको ट्रेलर सार्वजनिक गरियो । तर, धेरै फिल्म अस्विकार गरेर ‘पशुपति प्रसाद’ रोजेकी बर्षालाई निर्देशकले ट्रेलरमा खासै स्थान दिएको देखिएन । जहाँ बर्षा जम्मा २ ‘सट’ मा त्यो पनि विना संवाद देखिएकी छिन् ।
 
यसअघी नै मिडियाकर्मीमाझ धेरै फिल्म छाडे भन्दै चर्को स्वर गरेकी म्युजिक भिडियोमा मात्रै व्यस्त यी सुन्दरीको चुरीफुरी भने ट्रेलर सार्वजनिकसँगै सेलायो । 
 
त्यसपश्चात उनलाई पत्रकारहरुको प्रश्न तेर्सियो, ‘धेरै फिल्म अस्विकार गरेर अनुहार देखाउन मात्र ‘पशुपति प्रसाद’ रोजेको ?’ जवाफ दिँदै यो फिल्ममा अनुहार देखाउनु मात्रै पनि ठुलो उपलब्धी सम्झेर अभिनय स्विकार गरेको भन्दै उत्तर टुङ्ग्याईन् ।
 
कथा मन परेन भन्दै धेरै फिल्मलाई बाल नगरेको बताउने बर्षालाई भर्खर ट्रेलर रिलिज भएको यो फिल्ममा पनि कस्तो भुमिकामा दर्शकले देख्न पाउँछन् त्यो त फिल्म दर्शकमाझ आएपछि नै थाहा होला । हाम्रो प्रश्न यत्ती छ कि, धेरै फिल्मको अफरलाई बाल नगरेकी बर्षाको अनुहार देखाउने 'पशुपति प्रसाद'ले गर्ला कमाल ?
Most Visited News (monthly)