मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेफ्टा अध्यक्षमा तीन जना भिड्ने (उमेद्वारको नामावलीसहित)

फिल्मीखबर, काठमाडौं, 2015/11/24
नेपाल चलचित्र प्राविधिक संघको नयाँ नेतृत्व चयनको लागी निर्वाचन हुने पक्का भएको छ । बुधवार हुने साधारणसभा पहिले अध्यक्षमा तीन जनाले उमेद्वारी दिने र एकले अर्काको अस्तित्व स्विकार गर्ने अवस्था नदेखिएपछि सर्वम्मत कार्यसमिति चयनको संभावना टरेको हो । त्यस्तै अन्य पदको लागी पनि आकांक्षीहरु धेरै देखिएका छन् । 
 
 
अध्यक्ष पदको लागी तीन जना उमेद्वार पुष्कर लामा, अनन्त तिमिल्सिना र राजु केसीबीच प्रतिस्पर्धा हुने देखिएको छ । शुरूमा लामा र तिमिल्सिनाले मात्र उमेद्वारी घोषणा गरेता पनि सोमबार केसीले उमेद्वारी घोषणा गर्दै मैदानमा उत्रिएका थिए । छायांकार रहेका केसीले आफू सच्चा प्राविधिक रहेको र प्राविधिक संघको नेतृत्वमा प्राविधिक नै आउनुपर्छ भन्दै अध्यक्षमा उमेद्वारी दिने बताएका छन् ।
 
अध्यक्षमा तीन जनाको उमेद्वारीसँगै दुई उपाध्यक्ष पदको लागी अहिलेसम्म छ जना आकांक्षी देखिएका छन् । उपाध्यक्षमा बुद्धीलाल मगर, बोधराज पौडेल, सजन श्रेष्ठ, अरुण रेग्मी र अञ्जु लामाले दावेदारी प्रस्तुत गरेका छन् भने महासचिव पदको लागी सुरज आचार्य, केशव घिमिरे र सुदिप बराल आकांक्षी छन् ।
 
त्यस्तै सचिव पदमा शंकर पाण्डे, नविन पुरी, श्याम बराल र सुवास काफ्लेले उमेद्वारी दिने देखिएको छ । सँगसँगै कोषाध्यक्षमा अहिलेसम्म गीता पौडेलको मात्र नाम बाहिर भएको छ । जहाँसम्म पौडेल निर्विरोध हुनेछिन् । अर्कोतर्फ ११ जना सदस्य पदको लागी २० बढी आकांक्षी देखिएका छन् । प्राविधिक संघमा जम्मा ३ सय ४७ जना सदस्य छन् ।