मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

आमिर खानको भारतमा चर्को विरोध

एजेन्सी, मुम्बई, 2015/11/24
बलिउड अभिनेता आमिर खानको फोटो अहिले भारतका विभिन्न स्थानमा जलाइएको छ । आमिर खानको विरोध र समर्थनमा सामाजिक संजाल भरिएका छन् । विगत ८ महिनादेखि आफूलाई भारतमा डर लाग्न थालेको भन्दै आमिरले दिएको अभिव्यक्तिलाई लिएर अहिले चर्को विरोध भैरहेको छ ।
 
केन्द्रिय सरकार संचालन गरिरहेको बिजेपी पार्टीका कार्यकर्ताले आमिरको तस्बिर जलाएका छन् । भारतमा असहिष्णुता बढेको भन्दै आमिरले आफूलाई डर लाग्न थालेको बताएका थिए । उनले आफूलाई श्रीमती किरण रावले केही समय अगाडि भारत छाड्नु पर्ने भनेको पनि उनले सुनाएका थिए ।
 
आमिरले असहिष्णुताको मुद्दाको बिषयमा बोलेपछि उनको समर्थनमा कांग्रेस आइका नेता राहुल गान्धी अगाडि आएका छन् । कलाकार अनुपम खेरले भने आमिरलाई यो देशले बनाएको भन्दै पत्नी किरणलाई कुन देशमा जाने हो भनेर सोध्न आग्रह गरेका छन् । बिजेपी सांसद मनोज तिवारीले पनि आमिरको भनाईको चर्को विरोध गरेका छन् ।
 
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले आमिरको भनाई पूर्ण समर्थन गरेका छन् । उनले आमिरको हरेक शब्द सत्य भएको पनि बताएका छन् ।
 
केही समय अगाडि बलिउडका अर्का अभिनेता साहरुख खानले असहिष्णुताको मुद्दामा बोल्दा उनलाई देशद्रोहीको समेत आरोप लगाइएको थियो ।