मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जागरण अभियानकी सेल्फी अभियान ?

फिल्मीखबर, काठमाडौं, 2015/11/24
नेपाली फिल्मका कलाकार मंगलबार काठमाण्डौको सडकमा उत्रिए । भारतले लगाएको नाकाबन्दीको विरोध गर्दै उनीहरुले सडकमा मौन र्‍याली गरेर विरोध जनाए ।
 
सडकमा चलेका, सामान्यदेखि पर्दामा फाट्टफुट्ट देखिने कलाकार उपस्थित थिए । पुरानादेखि नयाँ कलाकार सडकमा देखिएपनि हाँस्य कलाकारको बाहुल्यता देखियो । नाम चलेका धेरै कलाकारलाई देशको यो अवस्थाले तानेनन् । उनीहरु सडकमा देखिएनन् । तर, पनि जती उपस्थित थिए उनीहरुको उपस्थितीलाई प्रशंसा गर्नैपर्छ ।
 
तर, रमाइलो कुरा के पनि देखियो भन्दा धेरैलाई फेसबुकमा फोटो पोष्ट गर्नका लागि सेल्फी खिच्न नै हतारो थियो । र्‍यालीमा उपस्थित भएका केही कलाकार अन्य कलाकारसँग सेल्फी खिच्नमा व्यस्त देखिए । धेरैलाई फोटो खिचेर फेसबुकमा हाल्नका लागि हतारो थियो ।
 
र्‍यालीमा सहभागी भएकाहरु लाइनमा भन्दा पनि फोटो खिचेर हिड्न नै व्यस्त देखिएका थिए । सेल्फी र फोटो क्रेज देख्दा लाग्थ्यो कि उनीहरु देशको विकराल परिस्थितीलाई समाधानको लागि दबाब दिन हैन फोटो खिचाउन अनि फेसबुकमा अपलोडको लागि सहभागी छन् ।
 
मिडियाकर्मीको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा टिभी तथा अनलाईनकर्मी क्यामेरामेनले कतिबेला क्यामेरा तेर्स्याउँछन् भन्दै पोजिशनमा बसेको धेरै देखिन्थ्यो ।
 
हुनत, कलाकारहरुको यस्तो शैली पहिलो होइन । केही समय अगाडि शान्तीबाटिका सफाई कार्यक्रममा पनि उनीहरु फोटो खिचाउनका लागि कुँचो बोकेर उभिएका थिए । जबकी उनीहरुले सफाई काम भने कम गरेका  थिए ।
 
कतिपय कलाकार भने आफूलाई नै लिडर संझिएर हिडिरहेका थिए । तर, धेरै कलाकार भने र्‍यालीमा सभ्य देखिए । नाम चलेका थुप्रै कलाकारलाई भने यस्तो बिषय परिस्थितीमा पनि कार्यक्रममा सहभागी हुने जाँगर चलेन ।